अन्जनराज न्यौपाने/तनहुँ २७ वैशाख-तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईले लकडाउनका कारण समस्यामा परेका ३६ सय बढीलाई निशुल्क भोजन गराएको छ। यतिबेला दमौली बजारका स्थानीय समाजसेवी, उद्योग, ब्यापारीहरु आँफुले भोजनका लागि बुकिङ गर्न गराउन तछाडमछाड् गरेको देखिन्छ। यस्तै कोहीले आफ्नो जन्मदिनको अवसर पारेर दाल, चामल, नुन , तरकारी, दाउरा, फलफुल दिने गरेका छन् भने कसैले भने ग्याँसका सिलिन्डर ,चामलका बोरा, दूध, दही र नगद रकम हस्तान्तरण गरेको देखिन्छ । जिल्ला स्थित तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई ,व्यास नगरपालिका वडा नं २, ३ र ४ नम्बरका टोलवासिहरूकाे संयुक्त पहल एवं लायन्स कल्व अफ तनहू दमाैलिकाे व्यवस्थापनमा निशुल्क खाना शिविर संचालन गरिएको हो। दैनिक १२ सय देखि १५ सय सम्मका अति विपन्न तथा आर्थिकरुपले अशक्त ब्याक्तिहरुलाई दैनिक भोजन गराउने गरिएको तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार एकाईका अध्यक्ष राजकुमार श्रेष्ठ (राकुले ) जानकारी दिए। ‘दैनिक भोजन गराउन थालेपछि खाना खाने समयमा सर्वसाधारणको भीड लाग्ने गरेको छ । विभिन्न जिल्लाहरु लमजुङ, कास्की, गोर्खा, चितवन, नवलपरासी लगायतका स्थानहरुबाट पैदल हिडेका बटुवाहरुलाई बोलाएर खानाको लागि अनुरोध गर्दै विहान ९ वजेदेखि भोजन गराउने गरिएको छ’ श्रेष्ठले बताए । उनी भन्छन् ‘जिल्ला भित्रका विशेषगरी गरिबीको रेखामुनि रहेका दैनिक ज्याला मजदुरी गर्ने मजदुर,कोठा भाडामा बस्दै आएकाहरु र लामोदुरीमा पैदल यात्रागरि आएकाहरुलाई दैनिक भोजन गर्ने प्रवन्ध मिलाएका छौ’ ।
ब्यास नगरपालिकाका प्रमुख ब्यापारीक वडा मध्येको एक वडा नम्बर-३ मा चैत ११ बाट बैशाख २५ गते सम्म निशुल्क खाना खुवाईएको छ भने वडा नम्बर -२ मा चैत २९ गतेदेखि लगडाउन अवधिभर निरन्तर खाने ब्यबस्था मिलाईएको छ । त्यस्तै बडा ४ मा बैशाख १६ गतेदेखि नियमित निशुल्क भोजन खुवाउदै आएको लायन्स क्लब अफ तनहुँ दमौलीका प्रथम उपाध्यक्ष सरोज भण्डारीले बताए ।
‘कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि प्रभावित भएका विपन्न वर्गहरुका लागि लक्षित गरी एकाइले दैनिक खाना खुवाउने व्यवस्था मिलाएका हौ’ युवा समाजसेवी भूपाल आलेले बताए । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा उद्योग वाणिज्य सङ्घले बिहानको खानाको व्यवस्थापन मिलाएको आलेले जानकारी दिए। यस्तै वडा नं २ मा ३ हजार र वडा नं ४ मा ९ सय ६०जनालाई खाना खुवाइ सकेको उत्तरशिला टोल विकास संस्थाका अध्यक्ष महेन्द्र रिजालले खुसी हुदै बताए । दैनिक खाना खुवाउनकालागि नाम लेखाउनेको भिड उत्तिकै बढेको छ । चैत्र ११ गते देखि २९ गते सम्मका लागि भोजनको अग्रिम बुकिङ भै सकेको छ’ उनले भने ।
निशुल्क नियमित सेवा र भोजन गराउन आतुर विभिन्न स्थानीय उद्योगी, ब्यबसायी, ब्यापारी, समाजसेवी , निर्माण ब्यबसायीहरुको भिड उत्तिकै लाग्नु खुसीको विषय भएको छ तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । अहिलेसम्म पैदल यात्रि ७५ जनाले भोजन गरिसकेको र शनिबार सम्ममा जम्मा ३ हजार ६ सय२८ जनाले भोजन गरिसकेको उनले बताए ।
‘मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएकाले हामी निरन्तर सेवामा छौँ । लकडाउन अबधिभर हामी अहोरात्र खट्ने छौ कोही भोकै नरहुन् भन्ने हाम्रो उदेश्य छ सबैका लागि सधैका लागि हाम्रो सेवा जारी रहने छ’ अध्यक्ष श्रेष्ठले भने।
FACEBOOK COMMENTS