काठमाण्डौँ — नेपाललाई भोकमरी शून्य मुलुक बनाउने दीगो विकासको लक्ष्य पूरा गर्न यस क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको एक अध्ययनले देखाएको छ।
राष्ट्रिय योजना आयोगले सोमबार सार्वजनिक गरेको ‘शून्य भोकमरीतर्फ नेपालः खाद्य सुरक्षा र पोषणको रणनीतिक समीक्षा’ प्रतिवेदनले खाद्य सुरक्षा र भोकमरी अन्त्यको लागि पर्याप्त बजेटको आवश्यकता औंल्याएको हो।
प्रतिवेदनले खाद्य सुरक्षा र पोषणको वर्तमान अवस्था, चुनौती तथा अवसरका विषय समेटेको छ।
सन् २०३० सम्ममा नेपाललाई भोकमरी शून्य मुलुक बनाउने दिगो विकास लक्ष्य २ हासिल गर्न चाल्नुपर्ने कदमसम्बन्धी सुझावसमेत यसले प्रस्तुत गरेको छ।
प्रतिवेदनमा नेपालमा खाद्य सुरक्षा विगतको तुलनामा सुधार आएपनि जोखिम कायमै रहेको उल्लेख गरिएको छ।
सन् २००१ मा पौष्टिक मात्रा नपुगेर कुपोषण लाग्ने २१ प्रतिशत रहेकोमा सन् २०१६ मा आठ प्रतिशतमा झरेको प्रतिवेदनमा छ।
— नागरीक
FACEBOOK COMMENTS