काठमाडौं, ९ चैत – प्रतिनिधिसभाको सातौँ अधिवेशनको पाचौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । भोलि(मंगलवार) बस्ने सातौँ अधिवेशनको बैठकको सम्भावित कार्यसूची संसद सचिवालयद्वारा सार्वजनिक गरिएको हो ।
जसअनुसार शुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वार्षिक प्रतिवेदन पेश गर्नेछन् र त्यसपश्चात् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिका सभापति बिमल प्रसाद श्रीवास्तवले एक वार्षिक प्रतिवेदन पेश गर्नेछन् । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
FACEBOOK COMMENTS