काठमाडौं, वैशाख १९ – सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।
आज आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २० गते (भोलि) मध्यरातदेखि आन्तरिक उडान र आगामी २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS