काठमाडौं, वैशाख १९ – जिल्ला प्रशासन कार्यालयले भोलि सोमबारदेखि निषेधाज्ञालाई थप कडा गर्ने भएको छ । आज आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो ।
उपत्यकामा निषेधाज्ञा निष्प्रभावी बनेको निष्कर्षसहित भोलिदेखि थप कडाई गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । डीसीसीएमसीको निर्णयअनुसार सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिइने भएको छ ।
त्यस्तै यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न दिइएको अनुमति भोलिदेखि खारेज हुने छ । योसँगै अब भोलिदेखि अत्यावश्यक वस्तुका पसलहरु पनि बेलुका खोल्न पाइने छैन । आजै साँझ काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु बसेर यसका अलावा थप निर्णयहरु पनि लिने बताइएको छ ।
FACEBOOK COMMENTS