नेपाली जनताले ओली सरकारबाट धेरै अपेक्षा गरेको थिएन । मात्र राजनीतिक स्थिरता, भ्रष्टाचारमुक्त समाज र आर्थिक प्रगतिको सपना देखे । तर ओलीले त्यसलाई संवोधन गर्न सकेनन् । बरु आफ्नै पार्टी भित्रका स्वार्थी झुण्डलाई काखी च्यापेका छन् ।
– गणेश केसी ,
०७२ सालताका नेपाली राजनीतिले नयाँ आयाम लिएको थियो । असोज ३ गते तत्कालिन संविधानसभाले नेपाली जनताका लागि तयार गरेको एकथान संविधान जारी गरेको थियो । हुनलाई त्योपनि यसअघिकै संविधान जस्तै थियो । आखिर एकथान संविधान आएको त हो नि भन्ने अर्थमा लिने हो भने त्यो सामान्य परिघटना थियो । तर नेपालीले नेपालीकै लागि बनाएको यो नै पहिलो संविधान थियो । अर्थात जनताका छोराछोरीको पूर्ण सहभागीताबाट संविधान आएको थियो । त्यसैले यो मौलिक र रैथाने संविधान थियो । नेपालीले नेपालका लागि आफैंले बनाएको पहिलो संविधान भएकाले धेरैलाई पचाउन गाह्रै थियो । यसमा भारतीय पक्षको त अलि धेरै नै चासो देखिएको हो । यो घटनाले नेपाली राजनीतिलाई मात्र तरंगित तुल्याएन, छिमेकी भारतीय हैकमवादी सोच र दृष्टिलाईसमेत बाकटे झापड हानेको थियो ।
भारतीय सरकारले सकेसम्म संविधान जारी नहोस् भन्ने चाहेको थियो । त्यसैले विदेश मामिला मन्त्रालयका सचिब एस. जयशंकरलाई विशेष दूतका रुपमा नेपाल पठाइएको थियो । उनी भारतीय सरकारका तर्फबाट तत्काल संविधान जारी नगर्न सन्देश लिएर आएका थिए । तर नेपाली राजनीतिक क्षितिजमा अपूर्व मिलन र एकता छाएको उन्नत बेला थियो त्यतिखेर । त्यसैले भारतीय हैकमवादी सोच एकपटक नराम्रोगरी परास्त भयो । काँग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले संसद्को गरिमाको उच्च सम्मान गर्दै ०७२ असोज ३ गते संविधान जारी गर्यो ।
नेपाली जनताले आफैंले लेखेको संविधान जारी गर्न संविधानसभाको झण्डै ९२ प्रतिसत प्रतिनिधि सहमत थिए । तर बाँकी ८ प्रतिसत जो आफूलाई मधेश केन्द्रित दलका रुपमा चिनाउन चाहन्थ्यो, उ चाहिं संविधान जारी नहोस् भन्ने पक्षमा देखियो । तर मधेश केन्द्रित दलका नेताहरुको लाख प्रयास विपरीत संविधान जारी भइछाड्यो । मधेशी नेताकै भावनालाई बल पु¥याउन आएका थिए जयशंकर । तर उनको सुनवाई भएन । न त कोइरालाले नै उनलाई सुने, न प्रतिपक्षी दलका नेता केपी ओलीले भाउ दिए । त्यही रन्कोमा जसशंकरले नेपाल विरुद्ध अघोषित रुपमा नाकाबन्दी लगाउने सुझाव भारतीय सरकारलाई दिए । नभन्दै झण्डै छ महिना भारतले नेपालमा अघोषित नाकाबन्दी गर्यो । त्यही नाकाबन्दीको कडा विरोध गर्ने अवसर पाए तत्कालिन प्रतिपक्षी नेता ओलीले । त्यसबाटै ओलीको राष्ट्रवादी छवि बन्यो । नत्र विगत हेर्ने हो भने ओलीपनि लैनचौरकै लम्पसारी हैसियत बनाएका नेतामा गनिन्थे । जेभएपनि ओलीको त्यही पछिल्लो छविले ०७४ को आम निर्वाचनमा ठूलै काम गर्यो । नेपाली जनताले ओलीको राष्ट्रवादी अडानलाई मोहर लगाइदिए । त्यसैको बलमा अहिले ओली झण्डै दुई तिहाईको समर्थन प्राप्त शक्तिशाली प्रधानमन्त्री बनेका छन् ।
नेपाली जनताले ओली सरकारबाट धेरै अपेक्षा गरेका थिएनन् । मात्र राजनीतिक स्थिरता, भ्रष्टाचारमुक्त समाज र आर्थिक प्रगतिको सपना देखे । तर ओलीले त्यसलाई संवोधन गर्न सकेनन् । बरु आफ्नै पार्टी भित्रका स्वार्थी झुण्डलाई काखी च्यापेका छन् । जनताले राहतको कुनै अनुभूति पाएको छैन । कोरोना संक्रमणले थला परेको अर्थतन्त्र चलायमान गर्ने कुनै भिजन दिएनन् उनका वरिपरीका चण्डाल समूहले । कोरोना महामारीमा समेत भ्रष्टाचार र अनियमितता गर्नेहरुले ओलीलाई घेराबन्दीमा पारे । स्वास्थ सामग्री र उपकरण खरिदमा समेत ओली सरकारको आडमा बसेकाले भ्रष्टाचार गरे । स्वास्थमन्त्रीदेखि ओम्नी समूहको यो प्रकरणमा नाम जोडिंदा ओली मौन रहे । यति होल्डिङ्सका लागि उनी सति नै जान तयार भए । उपप्रधानमन्त्रीसमेत रहेका विश्वासिला मन्त्री इश्वर पोखरेलदेखि सल्लाहकार समूहका सदस्यले हाक्काहाक्की अनियमितता गरेको समाचार सार्वजनिक हुँदासमेत ओली मौन रहे । उल्टो नेपाली मिडियालाई गाली गलौज गरे । यसले ओलीको त्यो राष्ट्रवादी छवि र ओज विस्तारै शिथिल मात्र भएन स्खलित हुने चरणसमेत पार गरिसकेको छ ।गत चैतदेखि कोरोना संक्रमणबाट जोगिन भन्दै ओली सरकारले लकडाउन ग¥यो । तर दैनिक ज्यालादारी गरेर छाक टार्नेहरुप्रति उनको संवेदनशीलता देखिएन ।
सुरुमा केही कार्यकर्तालाई उनको सरकारले राहतको नाममा केही खानेकुरा वितरण गरेको थियो । त्यसैलाई पच्छ्याउँदै केही मनकारी भनाउँदालेपनि एकआध किलो चामल र कुहिएको खाना वितरणको रामलीला देखाए । जतिखेर साँच्चैको भयावह अवस्था आइसकेको थिएन । त्यतिखेर केवल दुईजनामा कोरोना संक्रमण पुष्टी भएको थियो । अहिले दैनिक १५ सयको हाराहारीमा मानिस संक्रमित भइरहेका छन् । तर ओली सरकार रमिते भएको छ । केवल सत्ता राजनीतिमा ओलीको बढी रुचि देखिएको छ । अहिले राहतको सबैभन्दा बढी दरकार परेको छ । कतिपयले खानै नपाएर जीवन गुमाएका समाचार प्रकाशन प्रशारण भइरहेका छन् । एक छाकले टार्नेको संख्या पनि मनग्गे छ । तर ओलीको ध्यान त्यता पर्न सकेको छैन ।
उल्टो उनी अर्थमन्त्री पदमा डा. युवराज खतिवडालाई टिकाउन न्वारनदेखिको बल लगाउन तल्लिन रहे । खतिवडाका लागि सति नै जानुपर्ने तहको योगदान थियो त ? ओलीले किन यस्तो नचाहिने काममा समय र उर्जा खर्चिरहेका छन्? डा. खतिवडाले राज्यलाई अहिलेसम्म के योगदान गरे? एकपल्ट सार्वजनिक गरियोस् । बरु आफ्नो स्वार्थसिद्ध गर्ने भ¥याङ बनाए उनले ओलीसँगको सामिप्यतालाई । सरकारले सधैं उच्च प्राथमिकतामा राखेको विद्युतीय सवारी (इभेइकल) मा उनले दुनियाँलाई छक्याएर कर थोपरिदिए । उक्त प्रकरणमा डा. खतिवडाका ज्वाईंबाट नै सूचना चुहिएको खबर सार्वजनिक भइसकेको हो । तर ओलीले तिनै राजश्वमारालाई सबैथोक देखेका छन् । डा. खतिवडाले देशलाई दिने भन्दा लिने काम बढी गरेका छन् ।
अब ओलीले कसैका लागि मरिहत्ते गर्ने बेला होइन । इतिहासले उनलाई एउटा मौका दिएको छ । बीपी कोइरालापछि दुईतिहाई समर्थन प्राप्त सरकार उनीसँग छ । अब उनी फेरि कक्षा दोह¥याएर पार्टी अध्यक्ष र प्रधानमन्त्री नबन्ने उद्घोष गरिसकेका नेता हुन् । आफूपछि छोरा नातिलाई राजनीतिमा स्थापित गर्नुपर्ने वाध्यता उनका लागि छैन । त्यसैले अब उनी सबै लोभ, लालच र मोहबाट उठेर देश र जनताका लागि दत्तचित्त हुनेबेला हो । तर केले हो उनलाई त्यस्तो सदबुद्धी दिइरहेको छैन । प्रधानमन्त्री कुनै पर्टीबाट भएको भएतापनि उनीमा म यो देशको प्रधानमन्त्री हुं भन्ने हेक्का हुन जरुरी छ ।
उनले काम गर्दा म एउटा पार्टीको मात्र नभई सबै नेपाली जनताको प्रधानमन्त्री हुं भन्ने भावना राखेर आप्mना वरिपरि रहेका लोभी पापी सल्लाहकारहरुलाई मात्र विश्वास नगरी यो देशमा रहेका हरेक विज्ञहरुबाट आवश्यक परेको क्षेत्रको बारेमा रायसल्लाह लिन सक्नुपर्छ । मलाई लाग्छ वहाँलाई सल्लाह दिन हरेक विज्ञहरु तयार छन् । उनले खाली कमाउँ धन्दामा लागेकाहरुको सल्लाहले मात्र देश चलाउँन खोज्दा उनी आफु फेलियर प्रधानमन्त्रीको सुचीमा नामांकित भइरहेको छु भन्ने कुरा बुझ्नु जरुरी छ ।
अझै पनि समय छ, पार्टी भित्रको किचलोलाई अलगै राखेर रोग, भोक र सोकले आक्रान्त भएका नेपालहरुलाई केही न केही राहत दिने खालका राम्रा कामहरु अभिलम्ब शुरुवात गरी ती जनताको साथमा म प्रधानमन्त्री छु भन्ने विश्वास दिलाउन सकेमा यो भयाभवको बेलाको प्रधानमन्त्रीलाई सफल एंव महान व्यत्तित्वको रुपमा युग युगसम्म सम्झनेछन् ।अबः सो भने समयले देखाउँने छ ।
(लेखक गणेश केसी अधिवक्ता हुन ।)
FACEBOOK COMMENTS