अटो क्षेत्रमा १४ वर्षसम्म जागिर गरि अफ्नो व्यवसाय शुरु गरेको हुँ । २०६२ सालबाट यमहा बाईक शो रुमबाट ट शुरु भएको व्यसायमा अहिले वार्षीक २३ सयको हारा हारीमा बाईक विक्री हुन्छन् । विगत ५ वर्ष देखी हाईयस्ट सेलरको रुपमा पुरस्कार पाएको छु । साथै यो वर्ष गोल्डेन डिलरको भएको छु ।
अटो व्यवसायमा बाईक मात्र होईन हेभी ईक्युपमेन्ट , मारुती सुजुकीलगाएको व्यवसाय पनि गरे । भुकम्प पछि मारुती शुजुकीको व्यवसय छाडेर अहिले यमहा वाईक र मारुति सुजुकीको व्यवसाय गरिरहेको छु ।
अहिलेको बजार प्रतिस्पर्धात्मक भएको छ । यहि क्षेत्रमा लामो समय देखी काम गरिरहेकाले व्यवसाय गर्न सजिलो भएको छ । अहिलेको व्यापार रिलेसनसिपका आधारमा हुन्छ । दिनमा २÷३ ओटा त फोनको भरमा बाईक ब्रिकी भएको हुन्छ ।
त्यसैले अहिलेको व्यवसायमा सबै भन्दा धेरै चाहिने चिज भनेको पब्लिक रिलेशन हो । यो संगै व्यवसाय फस्टाउनमा सहयोग गरेको सेवा सुविधा सजिलै उपलब्ध गराउनु हो । बैंकीङ सुविधा देखी एक्सचेन्ज सुविधा राम्रो भएकाले ग्रहाक हामिलाई सम्झने गर्नुहुन्छ ।
अटो व्यवसायको मुख्य समस्या भनेको अहिले मेकानिक्सको हो । मेकानिक्सको मुख्य समस्या विदेश जानु नै हो । नेपालमा भन्दा विदेशमा पैसा कमाउने लोभले मेकानिक्स नेपालम बस्नै मान्दैनन् । नेपालको अवस्था विदेशमा जति पैसा दिएर राख्न सक्ने क्षमता छैन । खाडिमुलुकमा तातो घामका काम गर्न तयार छन् तर नेपाल बस्न मान्दैन । नेपालमा २५÷३० हजार त मिनिमम् सेलरी छ तर यहाँ नेपाली बस्न मान्दैनन् ।
मिलन बहादुर मल्ल नाडा अटो एसोसियसनका कार्यकारी सदस्य तथा हेभि ईक्युपमेन्ट एसोसियसनका सभापति हुन् ।
FACEBOOK COMMENTS