काठमाडौं, १४ वैशाख – मंगलबार नेपालमा थप ४ हजार ५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये बैभन्दा बढी संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा २२०७ जना छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १३६८ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी प्रदेश १ मा १७९ जना, प्रदेश २ मा १७८ जना, गण्डकी प्रदेशमा २१४ जना कर्णाली प्रदेशमा ११६ जना र सुदूरपश्चिम प्रदेशमा १०२ जना संक्रमित थप भएका छन् ।
तथ्यांकका आधारमा बागमती प्रदेश कोरोना भाइरसको मुख्य केन्द्र र लुम्बिनी प्रदेश दोस्रो केन्द्र बनेको छ ।
हेर्नुहोस् जिल्लागत विवरण–
FACEBOOK COMMENTS