काठमाडौं, फागुन १७ –बिहानसम्म एनआईसी एशिया बैंकको एटीएम कार्डबाट हुने सम्पुर्ण कारोबार आज (सोमबार) रातीदेखि भोली (मंगलबार) बिहानसम्म बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकले एटीएम कारोबार बन्द हुने जनाएको हो ।
बैंकले जारी गरेको सूचना अनुसार सोमबार राती ११ः४५ देखि मंगलबार बिहान ४ बजेसम्म एटिएम नचल्ने भएको हो । बैंकले भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोपेमेण्ट सिस्टमको सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले कार्डबाट हुने सम्पूर्ण कार्य बन्द हुने भएको हो ।
FACEBOOK COMMENTS