काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन भएको छ ।
निगमले पेट्रोल र डिजेल तथा पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ घटाएको हो।
निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ पर्नेछ। यसअघि प्रतिलिटर ११४ रुपैयाँ थियो।
यसैगरी डिजेल तथा मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ। यसअघि प्रतिलिटर १०१ रुपैयाँ थियो।
नयाँ मूल्यअनुसार पेट्रोलमा ११ रुपैयाँ ४४ पैसा र डिजेलमा प्रति लिटर ५ रुपैयाँ ८१ पैसा नाफा छ। एलपी ग्यासमा भने निगमलाई प्रतिसिलिण्डर २८४ रुपैयाँ ८३ पैसा नोक्सान छ।
FACEBOOK COMMENTS