काठमाडौं, माघ ४ – मञ्जुश्री फाइनान्स लिमिटेडको अध्यक्ष श्रीमति इन्दिरा पन्डित घिमिरेले नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ लिएकी छिन् ।
संस्थाको हालै सम्पन्न १३ औंं वार्षिक साधारण सभा वार्षिक साधारण सभाले २३.५० प्रसिशत लाभांश स्विकृत गरको छ । जस मध्ये नगद लाभांश ५.५ प्रतिशत (पाँच दशमलव पाँच प्रतिशत र बोनश शेयर १८ प्रतिशत) रहेको छ । बोनश शेयर वाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजी ९६ करोड ५३ लाख रपैयाँ पुगेको छ ।
तेह्रौँ वार्षिक साधारण सभाबाट संस्थापक समूहका शेयर धनिहरुका तर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण शेयरधनिहरुका तर्फबाट दिल मान सिंह चन्द निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको हाल सम्म ९ अर्ब निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड कर्जा लगानी रहेको छ ।
FACEBOOK COMMENTS