काठमाडौं, जेठ २० – नेपाल मदिरा व्यवसायी महासंघले विकट तथा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । महासंघले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमार्फत उक्त सामग्री प्रदान गरेको हो ।
नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले पत्रकार महासंघका अध्यक्ष विपुल पोख्ररेललाई बिहीबार १० हजार थान माक्स र एक हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेका हुन् । विकट तथा दुर्गम क्षेत्रमा रहेका पत्रकारहरु स्वास्थ्य सामग्रीहरुको अभावमा जोखिम वढ्न सक्ने भएकाले उक्त सहयोग गरिएको मदिरा महासंघका अध्यक्ष शेर्पाको भनाइ छ ।
आफूहरूले विभिन्न संकटहरुमा मानवीय सेवा र सहयोग गर्दै आएको बताउँदै शर्पाले आगामी दिनमा पनि नेपाल पत्रकार महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्य सामग्री सहयोग गरेकोमा नेपाल पत्रकार महासंघले मदिरा व्यवसायी महासंघलाई आभार तथा धन्यवाद दिएको छ ।
पत्रकार महासंघका अध्यक्ष विपुल पोख्ररेलले मदिरा व्यवसायी महासंघले प्रदान गरेको स्वास्थ्य सामग्री कोरोना महामारीमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुलाई प्रदान गरिने बताइएको छ ।
उक्त स्वाथ्य सामग्रीहरु बोकेर मदिरा महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पासहित रुपक अर्यालय, सदस्य राजन केसी, पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगल काठमाडौ पुगेका थिए ।
FACEBOOK COMMENTS