काठमाण्डौं— मदिरालाई लागुऔषध जस्तै हानिकारक दर्जामा राखिएको भन्दै व्यवसायीले पुनरावलोकन गर्न सरकारसमक्ष माग गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिले शुक्रबार गृहमन्त्री रामबहादुर थापासँग भेटी मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश, २०७५ को मस्यौदामा सुझाव पेस गरेका हुन् ।
बामे सर्न लागेको नेपालको पर्यटन क्षेत्र र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई नै प्रतिकूल हुने गरी सरकारले मदिरासम्बन्धी नयाँ नियमन जारी गर्न लागेको आरोप छ ।
तारे होटलहरूमा मिनी बारको व्यवस्था हुनुपर्ने भन्ने बाध्यात्मक व्यवस्था रहेकाले उक्त नीति प्रतिकूल भई विरोधाभाषपूर्ण रहने देखिएको ज्ञापनपत्रमा भनिएको छ ।
मस्यौदा पारित भए नेपालमा आउने ९० प्रतिशत विदेशी पर्यटकले होटलभित्रै लिने सुविधामा समेत बन्देज लाग्ने व्यवसायीको भनाइ छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS