काठमाण्डौँ —राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा कालोपत्रेको तयारी भएको छ ।
यो हिउँदमा ‘ग्राबेल’ र अर्को वर्ष मङ्सिरभित्रमा कालोपत्रे सक्ने आयोजनाको लक्ष्य छ ।
कालोपत्रेको लागि पूर्वाधार तयारीको काम भइरहेको लोकमार्गका इञ्जिनीयर सुरज महर्जनले बताए ।
सडक चौडा गर्ने, पहिरो नियन्त्रण, पर्खाल, नाली निर्माणलगायतका काम धमाधम भइरहेका छन् ।
विसं २०५४ मै मार्ग खोल्न शुरु भएको सडक बल्ल कालोपत्रे हुने भएको हो ।
बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमी ‘सिद्वीटाइ कन्सट्रक्सन’ र घोडाबाँधेसम्मको बाँकी खण्ड निर्माणको जिम्मा ‘सूर्य कन्सट्रक्सन’ले लिएको छ ।
त्यस्तै बुर्तिबाङदेखि पूर्वी रुकुम सीमा पातीहाल्नेसम्मको ४५ किमी ‘कालिका प्यासेफिक’ र ‘इसिआर÷कन्काइ’ निर्माण कम्पनीको जिम्मामा छ ।
— कारोबार
FACEBOOK COMMENTS