काठमाण्डौँ — मध्यपहाडी लोकमार्गको रुकुम खण्डको स्तरोउन्नती गर्ने काम अन्तर्गत यतिबेला कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ।
पूर्व पाँचथरको चिवाभञ्ज्याङदेखी पश्चिम बैतडीको झुलालघाटसम्म जोड्ने यो लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको चौरजहारीदेखी पूर्वको पाथीहाल्नासम्मको सडक स्तरोउन्नती गर्नका लागि कालोपत्रे भइरहेको हो।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको यो आयोजनाको पहिलो चरणमा रुकुम खण्डमा कालोपत्रेको काम सुरु गरिएको छ।
पहिलो चरणमा रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटको शितलपोखरीदेखि खोपीचारसम्मको १४ किलोमिटर र रुकुम पूर्वको काँक्रीदेखी पातीहाल्ना खण्डको २९ किलोमिटर गरी जम्मा ४३ किलोमिटर सडक कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ।
रुकुम पश्चिम र पूर्वमा समेत गरेर करिब एकसय २५ किलोमिटर लम्वाई रहेको यस लोकमार्गको विभिन्न खण्डमा विभाजन गरेर काम भइरहेको छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS