काठमाडौं, २४ वैशाख -कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपालमा लकडाउन भएको पनि आज बुधवार ४४ दिन पुगेको छ। ४४ दिनसम्म पुग्दा धेरैजनाको रोजगार गुमेको छ। धेरैको हालत बेहाल भैसकेको छ। विपन्न वर्गलाई सरकारले राहत दिएर सहयोग गर्ने कार्य भैरहेको छ। तलपनि जान नसक्ने र माथि पनि पुग्न नसक्ने मध्यम वर्गको समस्यालाई आत्मसात गर्दै पहिलो मध्यम वर्गलाई पनि राहत दिने कार्य भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित बालुवाटार–चण्डोल टुँडालदेवी आसपासका क्षेत्रमा बस्ने मध्यम वर्गिय परिवारलाई राहत दिने कार्य भएको हो।
सामुदायिक सेवा केन्द्र टुँडालदेवीको अध्यक्ष राम प्रसाद न्याैपाने र सामाजिक अभियन्ता भैरब सापकोटाको बिशेष अनुरोधमा पूर्व क्रिकेट खेलाडी तथा समाजसेवी बरदान चालिसेले मध्यम वर्गलाई राहत सहयोग प्रदान गरेका हुन । मध्यम वर्गिय परिवारको अझ व्यापक समस्यालाई मध्यनजर गरेर पूर्व क्रिकेट खेलाडी तथा समाजसेवी बरदान चालिसेले ५२ जनालाई राहत प्रदान गरेको जानकारी सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले दिएका छन्। यो विषम परिस्थितिमा आफूले सक्दो सहयोग गर्न पाउंदा अत्यन्त गौरब लागेको पूर्व क्रिकेट खेलाडी तथा समाज सेवी चालिसेले बताएका छन्।
राहत सहयोग वितरण कार्यमा बरदान चालिसेकी जीवन संगीनी रिभा पोखरेलका साथमा अनिशराम भट्टराई, ईश्वरी अधिकारी, सूर्यभगत श्रेष्ठ ,राजेन्द्र मान जोशी,प्रकाश महर्जन, शिवहरि खनाल, प्रहरी सहायक निरीक्षक कल्पना थापा धमला लगायतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS