काठमाडौं, मंसिर २२ – प्रहरी मध्यरातमा एटिएम फुटाउँदै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई राति प्रहरीले पक्राउ गरेको हो।
उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
FACEBOOK COMMENTS