काठमाडौं, २७ चैत्र विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन सरकारले गरिरहेको लकडाउनको बर्तमान विषम परिस्थितिमा मनमुरी कृषि सहकारी संस्थाले ताजा अर्गानिक तरकारी अनवरत उपलव्ध गराउने कार्य गर्दै आएको छ। यस कार्य काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ स्थित गोठाटारकी सामाजिक अभियन्ता तथा मनमुरी सहकारीकी अध्यक्ष जयकला बस्नेतको अगुवाईमा भैरहेको हो।मनमुरी कृषि सहकारी संस्था मार्फत मनमुरी कृषि बजार गोठाटारमा संचालन गरिएको छ। जहाँ संस्थामा आवद्ध कृषकहरुले उत्पादन गरेका ताजा तरकारी तथा फलफूललाई उपलव्ध हुने गरेको जानकारी जयकला बस्नेतले जानकारी दिएकी छन्। सहुलियत र सस्तो दरमा ताजा अर्गानिक तरकारी तथा फलफूल बिभिन्न जिल्लाहरूबाट ल्याई सहज र सरल ढंगवाट मनमुरी कृषि सहकारी बजारवाट उपलव्ध गराउदै आएको पनि अध्यक्ष बस्नेतले बताएकी छन्। केही दिनअघि काठमाडौंको कोटेश्वर मनहरा पुल छेउमा अलपत्र अवस्थामा भेटिएका ज्यामी–मजदुरहरुको उद्धार गरेर मनमुरी कृषि सहकारी संस्थामा राखी राहत दिने कार्य पनि आफनो अगुवाईमा भएको अध्यक्ष बस्नेतले जनाईन्।
FACEBOOK COMMENTS