काठमाडौं, वैशाख ९ – मनिग्रामले इसेवा मनि ट्रान्सफर सँग साझेदारी गरेको छ । सम्झौताअनुसार विश्वभर रहेका मनिग्रामका ग्राहकहरुले सिधै बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा सुरु भइसकेको छ । इसेवा वालेट पनि सुरुवातको तयारीमा रहेको बताइएको छ ।
भारत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफले यस साझेदारीले नेटवर्कको विस्तार र थप डिजिटल वृद्धि गर्न उत्साहित बनाएको बताए । संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपभरका देश लगायतमा धेरै नेपाली आप्रवासीले मनीग्राम र इसेवाको साझेदारीपछि संसारभरीबाटै सजिलै रकम स्थानान्तरण गर्न सक्छन् । रकम पठाउन साधारण रिसिभर विवरण भरे पुग्छ । यस सेवाले पठाउने र पाउने दुवैलाई झन्झट नहुने बताइएको छ ।
FACEBOOK COMMENTS