काठमाडौं,कार्तिक २७- अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुको मर्जर स्वेच्छिक भएको बताएका छन् ।कामना सेवा विकास बैंकको १३ औँ वार्षिकोत्सव तथा केन्द्रीय कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दैं अर्थमन्त्री खतिवडाले उक्त कुरा बताएका हुन् ।
बैंकहरु मर्जमा जाने र नजाने उनीहरुकै इच्छाको कुरा रहेको बताउँदै उनले मर्जरमा जाँदा बैंकहरुलाई नै राम्रो हुने बताए । खतिवडाले भने,‘लोकतन्त्रमा जबर्जस्ति हुदैन, तर स्वस्फुर्त रुपमा मर्जमा गए बैंकलाई नै फाइदा हुन्छ, मर्जरलाई प्रोत्साहन गर्नुपर्छ ।’
उनले बैंकहरुले आफु बलियो बन्न ग्राहकलाई पनि बलियो बनाउनुपर्ने बताए । ग्राहकलाई बलियो बनाउन बैंकले उत्पादनमा लगानी बढाउनुपर्ने उनको भनाई छ ।
FACEBOOK COMMENTS