काठमाण्डौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंस्थित मलेसियन दूतावास आफैंले राहदानी लिई श्रमिकलाई सोझैं भिसा उपलब्ध गराइएमा श्रमस्वीकृति दिने निर्णय गरेको छ ।
मन्त्रालयको निर्णय अनुसार वैदेशिक रोजगार विभागले दूतावासबाट सोझै भिसा पाएका २० जनालाई श्रमस्वीकृति दिएको हो।
श्रमस्वीकृति पाएका २० जना मलेसिया गइसकेका छन्।
श्रम सम्झौतापछि मलेसिया जाने यो पहिलो समूह हो।
विभागले काठमाडौंस्थित मलेसियन दूतावासको पत्रलाई टेकेर श्रमस्वीकृति दिइएको जनाएको छ।

श्रम समझदारीको भावना अनुरुप श्रमस्वीकृति प्रक्रिया अगाडि बढाएको श्रम मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कलिङ भिसा पाएकालाई सोझै भिसा उपलब्ध गराउन मलेसियालाई अनुरोध गरेको छ।

— कान्तिपुर