काठमाडौं, चैत २८ – राजेन्द्र मल्ल नेतृत्वको चेम्बर अफ कमर्शको वरिस्ठ उपाध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन् । शुक्रबार चेम्बरका नवनिर्वाचित सदस्यहरुले सर्वसम्मत रुपमा अग्रवाललाई वरिस्ठ उपाध्यक्षमा चयन गरेका हुन । चेम्बरको ५५ सदस्यीय कार्यसमितिले सो निर्णय वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् ।
अग्रवाल यस अघि राजेशकाजी श्रेष्ठ नेतृत्वको कार्य समितीमा ३ बर्ष अघि देखी उपाध्यक्षको भूमिकामा थिए भने सो अघिको कार्यकालमा महासचिव, त्यस अघिको कार्यसमितीमा सचिव र कार्य समिती सदस्य भएर करिब १६ बर्ष देखी चेम्बर आन्दोलनमा सकृय रहदै आएका छन् । हाल अग्रवाल नागरिक लगानी बोर्ड र नेपाल लाइफ इन्सुरेन्सको संचालक बोर्डमा छन् भने उनले विगतमा सरकारको अर्ध स्वामित्वको नेपाल ढलोट उद्योगको अध्यक्षका रुपमा सात बर्षसम्मको कार्यभार पुरा गरेका थिए । त्यसो त कमलेश कुमार अग्रवालले काठमाँडौ उपत्यका खानेपानी बोर्ड, राष्ट्रिय बिमा समिती र एनएमबी बैंकको संचालक समितीका रहेर समेत काम गरिसकेका छन् । अग्रवालको फोम र पोलिमर उद्योगहरुमा समेत लगानी रहेको छ ।
वाणिज्य शास्त्रमा स्नाकोत्तर अग्रवाल राजश्व सम्बन्धका जानिफकार एवम् बौद्धिक व्यक्तित्वमा गनिन्छन् । विगत १६ बर्ष देखी चेम्बर आन्दोलनमा सकृय रहदै आउने क्रममा अग्रवालले देशको राजश्व क्षेत्रको विकासका लागि उल्लेख्य योगदान पुर्याउदै आएका छन् । अग्रवालसँग सरकारी स्तरबाट समेत राजश्व सम्बन्धमा परामर्श लिने गरेको पाईन्छ । बौद्धिक व्यक्तित्वको छवि निर्माण गरेका अग्रवाल आम उद्योगी व्यवसायी माझ निकै लोकप्रिय समेत रहेका छन् । उनी निकै भद्र स्वभावका रहेका छन् । उनको जन्म धरानमा भएको थियो ।
FACEBOOK COMMENTS