काठमाडौं,कार्तिक २८- हाउजिङ मार्फत ठगी गरेको आरोपमा शुक्रबारदेखि थुनामा रहेका उद्योगपति एवं पूर्व अर्थराज्यमन्त्री रुप ज्योति हिरासतमुक्त हुने भएका छन् ।
जाहेरवाला विज्ञेन्द्रकृष्ण मल्लले पैसा प्राप्त गरिसकेको निवेदन दिएपछि सरकारी वकिल कार्यालयले प्रहरीकहाँ फाइल फिर्ता पठाएको हो।
घरजग्गा बैनावापत मल्लसँग लिएको पैसा फिर्ता गर्न रुप ज्योति तयार भएपछि मुद्दा नचल्नेगरी मल्लले जाहेरी फिर्ता लिन तयार भएका हुन् ।
विगेन्द्रकृष्ण मल्लले दिएको जाहेरीका आधारमा पक्राउ परेका रुप ज्योति र उनकी छोरी सुरुचीका विषयमा अनुसन्धान सकेको भन्दै प्रहरीले बुधबार फाइल बुझाएको थियो ।
मल्लले दुवै पक्षबीच मिलापत्र गरेर प्रहरीले ठगी मुद्दा नचलाउने रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
प्रहरी परिसर टेकुको टोलीले उनलाई एक साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
FACEBOOK COMMENTS