मस्कट, पुस ७ – ओमन स्थित नेपाली दुतावासले नेपाल भ्रमण बर्ष २०२० अभियान सचिवालयसँगको सहकार्यमा नेपाल भ्रमण बर्ष बिषयक अन्तर्कृया कार्यक्रम आयोजना गरेको छ ।
पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीको सभापतित्वमा मस्कटमा आयोजित सो कार्यक्रममा साउदी अरब, संयुक्त अरब इमिरेटस, कतार, बहराई, कुवेत, ईजिप्ट, इजरायल र पाकिस्तान स्थित नेपाली राजदुतहरुले उपस्थिती जनाएका थिए ।
सो अवसरमा सचिव अधिकारीले भ्रमण बर्षलाई सफल पार्न सरकारले लिएको रणनितीका बारेमा चर्चा गर्दै भ्रमण बर्ष अभियान अवधीमा नेपालमा पर्यटक भित्र्याउन तथा दिगो रुपमा संख्या ब्रिद्धी गर्न विगतमा जस्तै कडा मेहनत जारी राख्न राजदुतहरुलाई आग्रह गरे ।
त्यसै गरि, पररास्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीले नेपालका प्रमुख आकर्शणका बारेमा सहि ढंगले अवगत गराउन सिर्जन्शिल पद्धतीको अनुसरण गर्न सुझाव दिदै युवाहरु माथि केन्द्रित गर्दा उपर्युक्त रहने धारणा राखे । सचिव बैरागीले नविनतम पद्धतीको अनुसरण गर्दै प्रचार प्रसार गर्नुपर्ने तर्फ जोड दिदै त्यसो गरिएको खण्डमा फुर्सदिलो समयको उपयोग गर्ने खोजीमा रहेकाहरुलाई नेपाल घुम्न आकर्शित तुल्याउन र वैभवशाली प्रक्रितका बारेमा जानकारी दिलाउन टेवा पुग्ने विश्वास ब्यक्त गरे । पररास्ट्र सचिव बैरागीले बिश्व कै उदयिमान पर्यटन केन्द्र बन्न नेपालसँग सबै किसिमका संभावना रहेको समेत बताए ।
कार्यक्रम माझ राजदुतहरुले आ आफ्नो विचार, अनुभव र पर्यटन प्रवर्धनका लागि हुँदै आएका प्रयास तथा लगानीका बिषयमा प्रकाश पार्दै तत तत् दुतावासबाट पर्यटन प्रवर्धन् हेतु गरिएका कार्यक्रमका बिषयमा जानकारी गराउदै भ्रमण बर्षलाई सफल पार्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
FACEBOOK COMMENTS