काठमाडौं, कार्तिक १८- काठमाडौँ जिल्ला अदालतले निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले महरालाई थुनामा राख्न आदेश दिइएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई मुद्दाको अन्तिम सुनुवाइ नसकिएसम्मका लागि थुनामा राख्न आदेश दिएको हो ।
संसद सचिवालयकी कर्मचारीमाथि जबर्जस्ति करणीको आरोपमा महरा बिरुद्द मुद्दा दायर भएको थियो । आज भएको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।
FACEBOOK COMMENTS