काठमाडौं, मंसिर ८ – भारतीय स्वतन्त्राका पिता मानिने महात्मा गान्धी पनातिकाे काेराेना संक्रमणबाट निधन भएकाे छ । दक्षिण अफ्रिकामा बस्दै अाएका गान्धीका पनाति सतिश धुपेलियाको कोभिड– १९ संक्रमणका कारण ज्यान दैनिक भास्करले जनाएको छ ।
समाचारमा जनाइए अनुसार सतिशलाई करिब एक महिना अघि निमोनिया देखिएकाे र साेही कारण अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै रहँदा उनलाई कोरोनाको संक्रमण भएकाे पुष्टि भयाे । माेटाेपनकाे समसया समेत रहेका उनकाे उपचारकै क्रममा निधन भएकाे हाे ।
आइतबार शतिशकाे निधन भएकाे जनाइएकाे छ । उनी चर्चित फोटो पत्रकार पनि थिए । तीन दिनअघि मात्रै आफ्नो ६६ औं जन्मदिन मनाएका सतिशले जोहानेसबर्गमा बस्ने गर्थे । उनकी बहिनी उमा धुपेलियाले भाइको मृत्युको पुष्टि गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
FACEBOOK COMMENTS