काठमाण्डौ,चैत १७ – एनआईसी एसिया बैङ्कसँगको सहकार्यमा सामाखुसी स्थित मानव सेवा आश्रमलाई महानगरीय प्रहरी कार्यालयकाको प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आइतबार निशुल्क खाद्य सामग्री हस्तान्तरण गरेका छन् । ।
विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) पछी लक डाउन भएको कारणले यस्ता संघ सस्था तथा दैनिक ज्याला मज्दुरी गरी खाने मजदुरहरुले दैनिक सामाग्रीको समस्या ब्याहोर्न नपरोस भनी यस अभियानको शुरुवात गरिएको हो ।
उपत्यका स्थित समस्यामा रहेका विभिन्न आश्रमहरूमा आश्रित व्यक्ति तथा दैनिक ज्याला मजदुरी गरी खाने व्यक्तिहरूका लागी निरन्तर खाद्य सामग्री सहयोग स्वरूप वितरण गरिने समेत उनले जानकारी दिए। लकडाउन भए पश्चात असह्याय, अशक्त व्यक्तिहरू तथा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिहरुलाई अझ बढी समस्या हुने भएकाले लक्षित वर्गलाई थोरै भएपनि राहत पुग्ने विश्वास लिएको पोखरेलले बताए ।पोखरेलले मातहतका विभिन्न कार्यालयहरू संग त्यस्ता आश्रमहरू तथा व्यक्तिहरुको विवरण संकलन गरि वितरण गरिने जानकारी समेत दिए।
संकटको यस घडीमा कुनै समुदाय वा संस्थालाई दैनिक उपभोग्य सामग्रीहरूको अभाव भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हट लाईन १०० मा खबर गर्न आग्रह समेत गरेका छन् ।
FACEBOOK COMMENTS