काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महामारीको समयमा ई–कमर्श सेवा बढाउँदै लगेको छ । व्यापार कम्पनीले आफ्नो ई–कमर्श वेभसाइटसहित अन्य दूई कम्पनीमार्फत समेत व्यापार थालेको छ ।
दोस्रो लहरसँगै गरिएको निषेधाज्ञामा कम्पनीले निःशूल्क खाद्यान्न डेलिभरी गर्दै आएको छ । अनलाईनमार्फत आएको अर्डरमा निःशूल्क डेलिभरी गर्दै आएको हो ।
हाल कम्पनीले ‘नेपालफूड डट गोभ डट एनपी’मार्फन अनलाईन अर्डर लिँदै आएको छ । यसैगरी, निजी क्षेत्रका कम्पनी सस्तो डिल र मुकुन्डोमार्फत पनि अर्डर लिएर निःशूल्क होम डेलिभरी गर्ने भएको छ ।
कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले महामारीको समयमा सर्वधारणलाई घरमै बस्न प्रोत्साहन गर्ने र सरकारी ई–कमर्श कम्पनीको सेवा विस्तार गर्न निःशूल्क डेलिभरी गरिएको बताइन् ।
FACEBOOK COMMENTS