काठमाडौं, मंसिर २६ – महालक्ष्मी विकास बैंक लिमिटेड पनि ‘कर्पोरेट पे’ प्रणालीमा गएको छ।
संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणाली सुरु गरेको हो। यसका लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ।
व्यावसायिक ग्राहकलाई यो सेवा प्रदान गर्ने जनाएको छ। यसबाट बैंकमा नगई आफैले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका विभिन्न व्यवसायीक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सकिनेछ।