काठमाडौं, माघ २७ – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले दोस्रो वार्षिक उत्सवको उपलक्ष्यमा नयाँ मनि ब्याक बीमा योजना ल्याएको छ । कम्पनीको कारोबार संचालनमा आएको २ वर्ष पुरा गरेको अवसरमा ‘महालक्ष्मी धनधान्य’ पोलिसी संचालनमा ल्याएको जनाएको छ ।
कम्पनीले यो चालु वर्पमा ६० करोड रुपैयाँको शेयर जारी गर्न प्रक्रिया सुरु गरेको छ । आर्थिक वर्ष ०७६/०७७ को वासलात नाफानोक्सान हिसाब बीमाबाट स्वीकृतीपाएपछि आर्यपीओ जारी गर्ने जनाएको छ । कम्पनीको हालसम्म ६२ वटा शाखारहित उपशाखा स्थापना, १६ हजार १९० वटा अभिकर्ता तालिम, ९ वटा प्रोडक्ट लञ्च, १६५ करोड रुपैयाँ बीमा शुल्क संकलन र २५६ करोड लगानी गर्दै आएको छ ।
कम्पनीले आव ०७५/०७६ को पोलिसी बोनस न्युनतम ५० रुपैयाँ ल्याएर नयाँ कम्पनीहरुमध्येमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको कम्पनीले दावी गरेको छ ।
FACEBOOK COMMENTS