काठमाडौं, मंसिर १९ – महालक्ष्मी विकास बैंकले सोनाम तामाङलाई सम्मान गरेको छ । बैंकको खाडीचौर शाखाले अरनिको राजमार्ग, सुकुटे बिचमा बस दुर्घटाना भई सुनकोशी नदिमा खस्दा दर्जनांै यात्रीको उद्दार गर्न सफल सहासी युवा सोनाम तामाङ (¥याफटिङ गाइड) लाई उनको साहासीक कार्यको कदर गर्दै रु. पन्ध्र हजार रुपैया सहित सम्मान गरेको हो ।
उनको उक्त प्रेरणादायी कार्यको सम्मान गर्दा युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने छ भन्ने हेतुले बैंकले सम्मान गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।
FACEBOOK COMMENTS