काठमाडौं– महालक्ष्मी विकास बैंक लिको शंखमुल शाखा कार्यालयको बिहिबारका औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, बैंक तथावित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले दीप प्रज्वलन गरी समुद्घाटन गरेका हुन ।
बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरे ।
उनले बैँकल ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधनगर्दै आइरहेको जानकारीका साथै आगामीदिनमा बैंकले अझै उत्कृष्ट सेवादिने तथा बैँकिङ्ग सेवामा नेपालीजनताको पहुँच बढाउन बैँकले शाखाविस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरे ।
बैंकले देशभर १०० वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवाप्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS