काठमाडौं, चैत २६- महालक्ष्मी विकास बैंक लि. ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि जम्मा रु.५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बैकले संघीय सरकारलाई रु.१२ लाख, प्रत्येक प्रदेश सरकारलाई रु.४ लाखका दरले रु.२८ लाख र विभिन्न स्थानिय क्षेत्रहरुमा रु.१० लाख सहयोग गर्ने भएको हो । बैंकले प्रदानगर्ने उक्त सहयोग केन्दी«य सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने बैंकले जनाएको छ ।
यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्नमद्दत पुग्ने विश्वास बंैकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS