काठमाण्डौँ — महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न शाखाहरु मार्फत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
बैंकको दरबारमार्ग शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी जनचेतना मूलक कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ ।
“सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान दरबारमार्ग क्षेत्रमा आयोजित रहेको थियो ।
बैंकले आगामी दिनहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS