काठमाडौं, कार्तिक १८- महालक्ष्मी विकास बैंकले साफा अवार्ड–२०१८ प्राप्त गरेको छ । साउथ एसिएन फेडेरेशन अफ अकाउन्टेन्ट्स (SAFA)द्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुको पारदर्शिता, जवाफदेहिता र सुशासनमा सुधार गर्ने हेतुले वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड(SAFA Best Presented Annual Report Award)– २०१८ महालक्ष्मी विकास बैंक लिमिटेडले प्राप्त गर्न सफल भएको हो ।
यही आउँदो नोभेम्बर ३० मा बंगलादेशको ढाकामा एक समारोहका बिच अवाड प्रदान गरिने भएको छ ।
नेपाल चार्टड अकाउन्टेन्ट्स संस्था(ICAN) द्वारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड (Best Presented Annual Report (BPA) Award)– २०१८ प्राप्त गरे लगत्तै बैंकले साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड – २०१८ पनि प्राप्त गर्न लागेको हो ।
आगामीदिनहरुमा संस्थाको पारदर्शिता, जवाफदेहिता र सुशासनमा अभिवृद्घि गरी अझै उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत गर्न बैंक सधै प्रयासरत रहने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS