काठमाण्डौँ – महालक्ष्मीविकास बैंक लि. ले काठमाडौँ महानगरपालिकावडा नं ७ स्थित चाबहिल शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ ।
उक्त समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उद्घाटन गरे ।
शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
FACEBOOK COMMENTS