काठमाण्डौं– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले महासंघ धनिहरुको क्लवमा परिणत हुदै गईरहेकोमा चिन्ता ब्यक्त गरेका छन् ।
नुवाकोट उद्योग वाणिज्य संघको १० औं अधिवेशन लाई सम्वोधन गर्दै श्रेष्ठले समृद्धि तिर उन्मुख देशलाई डोर्याउन व्यवसायीक संघको ठुलो भुमिकाहुने बताए ।
नुवाकोट उद्योग वाणिज्य संघमा गतिशील र प्रजातान्त्रिक समूहबीच प्रतिस्पर्धा छ ।
अध्यक्ष पदमा प्रगतिशीलका उम्मेदवार रमेश श्रेष्ठ र प्रजातान्त्रिकका वर्तमान अध्यक्ष ताराबहादुर कार्की चुनावी मैदानमा रहेका तर्फ लक्षित गर्दै श्रेष्ठले संघ सस्थामा सिधै राजनितीक हस्तक्षेप हुननदिन अनुरोध गरे ।
हरेक ब्यकतिमा राजनितीक आस्थाहुनु नराम्रो पक्ष हैन । तर संघमा प्रतक्ष राजनितीक पाटीको उमेदवार बन्दा ब्यवसायीक मित्रतामा आच आउन सक्ने तर्फ सबैलाई सचेत हुन समेत अनुरोध गरे ।
नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचन तर्फ केन्द्रीत हुदै श्रेष्ठले महासंघ धनिहरुको क्लवमा परिणत हुदै गईरहेकोले यस्तै अवस्थाको विकाश हुनेहो भने विभिन्न जिल्ला तथा नगर र बस्तुगत संघहरु टाढिदै जाने भएकाले अव महासघको नेतृत्व बस्तुगत वा जिल्ला वाट आउने ब्यक्ति हुनपर्नेमा जोड दिनु पर्ने बताए ।
FACEBOOK COMMENTS