काठमाडौं,फागुन २४ – निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघलाई यतिबेला चुनावको रन्कोले छोपेको छ । यहि चैत २८ मा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि अहिलेका एसोसिएटतर्फका उपाध्यक्ष चन्द्र ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष किशोर प्रधानले उम्मेद्धारी घोषणा गरिसकेका छन् ।
किशोर प्रधानको उम्मेद्धारी घोषणासभामा पूर्वअध्यक्षहरु कुशकुमार जोशी, विनोद बहादुर श्रेष्ठ, निर्वमान अध्यक्ष पशुपति मुरारका र भावी अध्यक्ष शेखर गोल्छा उपस्थित थिए । त्यसैगरी, चन्द्र ढकालको उम्मेद्धारी घोषणासभामा पूर्वअध्यक्षहरु चण्डीराज ढकाल, सुरज बैद्य र पूर्वअध्यक्ष प्रदिपजंग पाण्डेका छोरा प्रवलजंग पाण्डे लगायत उपस्थित थिए । दुवै जनाको उम्मेदवारी घोषणा र चुनावको मिति समेत तय भैईसकेको अवस्था र दुई गुटको पक्ष र विपक्षमा उभिएर जुठो बनेका महासंघका पूर्व अध्यक्षहरुले सहमतीमा लैजानका लागि गरेको प्रयास केका लागि भन्ने प्रश्न उठेको छ ।
यसरी पूर्वअध्यक्षहरु नै उम्मेद्धारका पक्ष र विपक्षमामा ध्रुविकृत भइरहेका बेला उनीहरुले गरेको सर्वसम्मत नेतृत्व चयनको प्रयास वेतुक अर्थात वेमौसमी बाजा जस्तै देखिन्छ । पुर्व अध्यक्षहरुले चुनावी तिक्तताले भावी दिनमा महासंघमा टुटफुट ल्याउन सक्ने र त्यसले महासंघ कमजोर हुने विश्लेषण हावादारी देखिएको छ । महासंघमा पछिल्लो समय चरम राजनीति हुन थालेको र यसरी नै राजनीति हुँदै जाने हो भने महासंघको साँख जोगाउन मुस्किल पर्ने भन्दै महासंघका सदस्यहरु चिन्तित बनेका छन् ।
“ पूर्वअध्यक्षहरु नै उम्मेदवारका पक्ष र विपक्षमामा ध्रुविकृत भइरहेका बेला उनीहरुले गरेको सर्वसम्मत नेतृत्व चयनको प्रयास वेतुक अर्थात वेमौसमी बाजा जस्तै देखिन्छ ।……..
……..महासंघमा पछिल्लो समय चरम राजनीति हुन थालेको र यसरी नै राजनीति हुँदै जाने हो भने महासंघको साँख जोगाउन मुस्किल पर्ने भन्दै महासंघका सदस्यहरु चिन्तित बनेका छन् । ”
महासंघका पूर्वअध्यक्षहरु चन्द्र ढकाल र किशोर प्रधान मिलेर सहमतिको बिन्दुमा आउनुपर्ने तर्क गरिरहेका छन् । पुर्व अध्यक्षहरुले देशकै राजनीति जस्तो गरी योजना बनाई रहेकाछन् । उनिहरुको कुरा सुन्दा संघका नयाँ पिढिहरु अचम्मि बनेका छन् । पुर्व अध्यक्षहरुले सहमतिको आधारमा यसपाली चन्द्र ढकाललाई बरिष्ठ उपाध्यक्ष बनाउने र यो पटक त्याग गर्नेलाई २ कार्यकालपछि अध्यक्ष बनाउने तर्क अघि सारेका छन् । पूर्वअध्यक्षहरु, विद्यमान अध्यक्ष, भावी अध्यक्ष र बरिष्ठ उपाध्यक्ष लगायतका सरोकारवालाहरुको हस्ताक्षरमा लिखित सहमति गर्दै अघि बढ्ने बताउन थालेका छन् । आपसी सहमतिको शब्द सुन्दा जति राम्रो छ, त्यसबाट युवा पुस्ता र अवसरको खोजीमा रहेका तमाम् उद्यमी व्यवसायीलाई असर पुग्ने देखिन्छ ।
मुख्यत यसबाट कतिपय आकांक्षीहरुलाई महासंघ भित्र टिक्न र प्रवेश गर्न नै असहज बन्ने देखिन्छ । किनकी भद्र सहमतिका नाममा प्रभाव समुहले महासंघको चुनावमा मिलिभगत गर्दै आ-आफ्ना मान्छेलाई अघि सार्ने स्थित रहन्छ । तसर्थ पनि यसरी विधी र पद्धतीको खिल्ली उडाउदै लोकतान्त्रिक संस्कारबाट नेता वा नेतृत्व चयन गर्ने परिपाटी माथि नै धावा बोलिनु कत्तिको जायज हो भन्ने प्रश्न तेर्सिन थालेको छ । यदि यसो गरियो भने महासंघ भित्र आगामी दिनमा थप चुनौती थपिने सहजै अड्कल गर्न सकिन्छ । विगतका परिघटनाहरु हेर्ने हो भने पनि मुख्यत यस्तो प्रकारको दबाब समूह अर्थात ईन्ट्र«ेष्ट ग्ुपले आफनै स्वार्थका लागि कुनै एक पक्षलाई साथ र समर्थन गर्दै आएको अवस्था छ । हुनै नसक्ने, गर्न नसकिने र नैतिक रुपमा पनि गर्नै नहुने काममा साक्षी बस्नु भनेको सरासर बेईमानी हो । यदि कसैले संस्थालाई बन्धक बनाएर म वा हामीले कोही कसैलाई पछि अवसर दिन्छु वा दिन्छौ भन्छ भने त्यो उनीहरुको दम्भ र आफैलाई सर्वाेसर्वे ठान्ने मनोवृत्ति बाहेक केही होईन । यसो गर्नू भनेको कानुनी मान्यताको खिलाफमा जानु हो । भोली मुद्धाा मामिलाको विषय बन्न सक्छ । साथै, उधारोे वचनले कसैलाई आशामुखी बनाउँछ नै तर सँगसँगै उसलाई मुर्ख पनि बनाएको हुन्छ । अर्को तर्फ यस्ता ईन्टेष्ट समुह बीच जुगाँको लडाई नहोला भन्न सकिदैन । विगतमा पनि देखिएकै हो ।
आफूले भनेका कुरा नहुँदा महासंघ भित्र उग्र राजनैतिक दाउपेचका खेल हुने र आ आफै लड्ने, भिड्ने, पानी बाराबारको स्थिती आउने, एकले अर्कालाई खुईल्याउन मिडियाबाजी सहितको हत्कण्डा मच्चाउन उद्धत हुने जस्ता गतिविधी र कु संस्कारयुक्त अभ्यास विगतमा पनि देखाएकै हुन् । यस्ता अलोकतान्त्रिक पद्धतीलाई जरै देखि उखेलेर नफाल्ने हो भने भोलीको दिनमा महासंघ भित्रको संयन्त्र झनै कमजोर र प्यारालाईज अवस्थामा पुग्ने निश्चित प्राय छ । प्रतिनिधीहरुको अधिकारलाई बुख्याचा बनाउदै गरिने यस्तो प्रकारको दबाब समूहले कुनै न कुनै स्वार्थ हुने खालका अलोकतान्त्रिक परिपाटीले महासंघलाई अनिर्णयको बन्दि बनाउने चिन्ताले व्यवसायिहरु पिरोल्लिन थालेका छन् ।
“यस्ता अलोकतान्त्रिक पद्धतीलाई जरै देखि उखेलेर नफाल्ने हो भने भोलीको दिनमा महासंघ भित्रको संयन्त्र झनै कमजोर र प्यारालाईज अवस्थामा पुग्ने निश्चित प्राय छ । प्रतिनिधीहरुको अधिकारलाई बुख्याचा बनाउदै गरिने यस्तो प्रकारको दबाब समूहको सिर्जनाले कुनै न कुनै स्वार्थ हुने खालका अलोकतान्त्रिक परिपाटीले महासंघलाई अनिर्णयको बन्दि बनाउने चिन्ताले व्यवसायिहरु पिरोल्लिन थालेका छन् ।”
भावी नेतृत्वका आकांक्षिहरुले जिल्ला तथा नगर दौडाह समाप्त गरेर एक प्रकारको आफ्नो पक्षमा माहोल तयार गरिसकेको अवस्थामा यो सहमतिको रटान कसका लागि र किन भन्ने प्रश्न पनि व्यवसायीहरुबीच उठेको छ । महासंघको भावी अध्यक्षका रुपमा रहने वरिष्ठ उपाध्यक्षको निर्वाचन सर्वसम्मत नै होस् भन्ने थियो भने आज सम्म के का लागि मौनता रु र अहिले अन्तिम समयमा सर्वसम्मतको सुगा रटान किन रु भन्ने प्रश्न टड्कारो छ ।
यसै सन्दर्भमा कर्पोरेट खबरले महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाललाई फोन मार्फत सम्पर्क गरी महासंघको वरिष्ठ उपाध्यक्ष सर्वसम्मतबाट चयन गर्नका लागि पूर्व अध्यक्षहरु लागि पर्नु भएको छ भन्ने कुरा कत्तिको साँचो हो ? भनी सोधेका थियौं । पूर्व अध्यक्ष ढकालले यसबारेमा आफुले पनि सञ्चार माध्यमबाट सुनेको तर आधिकारीक रुपमा थाहा नभएको प्रतिक्रिया दिए । उनले भने- ‘मैले पनि बजारमा सुनेको हुँ, म पनि पूर्वअध्यक्ष हुँ । मसँग सहमतिनै नभएको कुरामा मैले सहमति गर्नु पर्छ भन्ने कुनै बाध्यता र परिस्थिती पनि छैन् । बाहिर मानिसलाई हेर्दा सहमतिका कुरा राम्रो होला तथा प्रक्रिया र समय पनि आफैमा महत्वपूर्ण पक्ष हो । ‘
उनले अब चुनावका लागि एक महिना मात्र समय रहेको र विभिन्न पदका आकांक्षीहरुले आफ्नो टीम घोषणा गरेर उम्मेद्धारले आफ्नो आफ्नो पक्षमा चुनावी माहौल तयार गर्न पूर्वदेखि पश्चिमसम्म जिल्ला तथा नगर पुगेर मेहेनत गरिरहेको यो अवस्थामा सर्वसम्मत चयन संभव नभएको जिकिर गरे । ‘प्रजातान्त्रिक मूल्य र मान्यता अनुरुप महासंघका प्रत्येक सदस्यले आफुले चाहेको उम्मेद्धारलाई भोट गर्न पाउनु पर्दछ र प्रजातान्त्रिक अभ्यास पनि हो यसले महासंघलाई तोड्ने हैन अझ बलियोसँग जोडेर राख्दछ भन्नेमा म विश्वस्त छु’ पूर्वअध्यक्ष ढकालले भने ।
महासंघमा व्यवसायीहरुको समग्र हकहित भन्दा पनि आफ्नो र आफ्ना निकटको हितमा काम गर्ने प्रवृति हावी हुदैं गएको पनि ढकालले आरोप लगाए । उनले भने – ‘संघको नेतृत्वमा पुगिसकेपछि आफुलाई त्यहाँ पुर्याउन मद्धत गर्ने व्यक्तिलाई बिर्सिएर सिमित व्यक्तिको स्वार्थको लागि काम गर्ने परिपाटी अहिले देखिएको छ, यो राम्रो होइन् , यसले महासंघलाई कमजोर बनाएर लैजान्छ ।’
FACEBOOK COMMENTS