काठमाण्डौँ — नेपाल उद्योग वाणिज्य महासंघ र कतार उद्योग वाणिज्य संघका पदाधिकारी बीच संघको दोहास्थित मुख्यालयमा उच्चस्तरीय व्यवसायिक भेटवार्ता सम्पन्न भएको छ ।
भेटवार्तामा नेपाली पक्षको नेतृत्वमा महासंघका अध्यक्ष राणाले र कतारी पक्षको नेतृत्व संघका उपाध्यक्ष्य मोहम्मद अहमेद ट्वार अल–कवारीले गरेका थिए ।
व्यवसायिक भेटवार्तामा महासंघ र कतारउवासंघ बीच सन् २००५ मा सम्पन्न सहमतीका भावनालाई मनन गरी दुबै पक्षबाट आउने दिनमा आपसी व्यापार तथा व्यवसाय प्रवद्र्धनका क्षेत्रहरूलाई उजागर गरी कृषि, पर्यटन, उर्जा, पूर्वाधार विकास लगायतका क्षेत्रमा कार्य गर्न संयुक्त रूपमा अगाडि बढ्ने प्रतिवद्धता जनाइएको छ ।
FACEBOOK COMMENTS