काठमाडौं, फागुन ३० – नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिको बैठक आज बस्ने भएको छ । आज बस्ने कार्यसमितीको बैंठकले दुईवटा महत्वपूर्ण निर्णय गर्दैैछ ।
बैंठकले चैत २८ र २९ गते तय भइसकेको उद्योग वाणिज्य संघको निर्वाचन स्थगित गर्ने छ भने महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको संयोजकत्वमा कोरोना भाइरसको संक्रमण रोक्न निजी क्षेत्रबाट स्थानीयस्तरसम्म जनचेतनामुलक कार्यक्रम लैजाने निर्णय लिँदैछ ।
रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेका बैठकले मार्च १४ देखि अप्रिल ३० सम्मका लागि लागू हुने गरी अन अराइभल भिसा रोक्नेदेखि , सार्वजनिक समारोह, भेला तथा ठूलो जमघट ,सिनेमा हलमा नजान सार्वजनिक रुपमा आह्वान गर्नेसम्मका १९ बुँदे निर्णय गरेको छ।
साथै हिजो महासंघका प्रतिनिधि र काठमाडौं जिल्लाका प्रमुख जिल्ला जनकराज दाहालसँग भएको भेटमा सरकारको निर्णय सुनाउँदै साधारणसभा सार्न महासंघसँगलाई अधिकारीले आग्रह समेत गरेका छन् ।
FACEBOOK COMMENTS