काठमाडौं– मोमेन्टो एपेरिएल्स प्रालि र चण्डीराज ढकाल ६० को दशकमा एउटा उचाइ चुमेका नाम हुन् । तर, यो उचाइ कहिलेकाहिँ ढकाललाई अभिसापसिद्ध हुन्छ । तीन हजार कालिगढसहित चलिरहेको ममेन्टो गार्मेन्ट माओवादी द्वन्द्वको शिकार भयो ।
यो बन्द भएपछि तीन हजारले रोजगारी गुमाए । त्यसपछि ममेन्टो थला परेको प¥यै रह्यो । यो राज्यले पनि बुझेको छ भने बैंकले पनि यसलाई महशुस गरेका छन् । तर, उद्योग वाणिज्य महासंघको चुनाव नजिकिदै गर्दा यही विषयलाई लिएर उनीमाथि ‘साइबर आक्रमण’ हुन थालेको छ । त्यसमा पनि विदेशी साझेदारीमा पुनः सञ्चालमा ल्याउन लागिरहेका बेला उनीमाथि विभिन्न कोणबाट आक्रमण हुन थालेको हो । यसैगरी बैंकको ऋण पनि चुक्ताका लागि ‘नेगोसिएसन’ भइरहेको बैंकका कर्मचारी बताउँछन् ।
नेपालमा एक व्यवसायीले सकेसम्म अर्कोलाई माथि उठ्न नदिने प्रवृत्ति छ । यसमा व्यवसायीहरुको बानी नै लागेको छ । यसको प्रत्यक्ष शिकार यसअघि नेपाल उद्योग वाणिज्य महासंघमा प्रदिपजंग पाण्डे भए । उनलाई लगाइएको आरोपको डटेर लड्नु भन्दा पनि उनलाई फालेर अध्यक्ष बने पशुपति मुरारका । यसलाई माडवाडी व्यसायीहरुको जितको रुपमा लिइयो ।
तर, त्यसले व्यवसायीबीच नयाँ द्वन्द्व सिर्जना ग¥यो । महासंघका पूर्व अध्यक्षहरुका अनुसार विनोद चौधरीले दोस्रो कार्यकाल अध्यक्षको दावी गरे । यो समय पद्म ज्योतिले चौधरीलाई परास्त गरेपछि द्वन्द्व शुरु भएको थियो । त्यही द्वन्द्वको जितका रुपमा पशुपति मुरारका अध्यक्ष हुनु हो। यसरी माडवाडी यहाँका रैथाने ब्यवसायको द्वन्द्व चलिरहेको थियो । यही द्वन्द्वलाई अन्त्य गर्न भवानी राणा, शेखर गोल्छा सहितको टिम बनाएर अघि सरे ढकाल । र, जित पनि हात पारे। तर, फेरि विधान संशोधनको विषयलाई लिएर माडबाडी समुदाय सशंकित बनेको छ । कतै गोल्छालाई अध्यक्ष नबनाउने षड्यन्त्र त होइन भन्ने उनीहरुको आशंका छ ।
साथीभाइमाझ पार्टी गरिरहेको समयमा गोल्छा ढकालले आफूलाई अध्यक्ष नबनाउने चाल चलिरहेको बताउने गर्छन् । तर ढकाल भने यो विषयलाई ठाडै नकार्छन् । ढकाल भन्छन्, ‘मेरो उद्देश्य देशलाई आर्थिक उन्नतिर डो¥याउनु हो । यसका लागि मिल्नुको विकल्प छैन।’
आफू सबैलाई मिलाउने कोसिसमा हुने तर अरुले आफूलाई सिध्याउने चाल चल्ने गरेको दुखेसो पोख्छन् । भन्छन्, ‘हरेक जिल्लाका साथीहरुले माया गर्छन् । उनीहरुलाई परेको समस्याका लागि पनि त्यहीँ पुग्छु । यसलाई राजनीति ठान्छन् अरु ।’
आफूले देशबाट मुद्रा बाहिरिने व्यवसाय गर्न नचाहेको बताउँछन् । निर्यात बढाउने व्यवसायलाई निरन्तरता दिन मोमेन्टो पुनः सञ्चालनको तयारीमा रहेको बताउँछन्।
तर, सन्निकट रहेको महासंघको निर्वाचनमा आफूलाई बीचमा ल्याउने काम हुन लागेको उनको बुझाई छ । जसका कारण पछिल्ला समयमा आफू बारे नकारात्मक हल्ला फैलाइन थालेको उनी बताउँछन्।
महासंघमा यतिबेला अध्यक्षका लागि गोल्छा बाहेक अर्कोको दाबी देखिएको छैन । तर वरिष्ठ उपाध्यक्षमा भने बस्तुगत उपाध्यक्ष उमेश लाल श्रेष्ठ, एसोसिएट उपाध्यक्ष चन्द्र ढकाल, जिल्ला उपाध्यक्ष किशोर प्रधान र प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठको दाबी छ। जिल्ला उपाध्यक्ष तिर अहिले सम्म अरुण सुमार्गी बाहेक अरु देखिएको छैन । बस्तुगततर्फ बरिष्ठ सौन्दर्यविद कमला श्रेष्ठ र हुन्डाई नेपाल तथा नाडाका पुर्व अध्यक्ष अन्जान श्रेष्ठको दाबी देखिन्छ । एशोसिएटमा भने सौरभ ज्योति र साहिल अग्रवालको दावी छ ।
महासंघको निर्वाचनमा ढकाल महत्वपूर्ण व्यक्ति रहेकाले आफूलाई असहयोग गर्नसक्ने आशंका भएकाहरुले उनीमाथि आक्रमण गर्न थालेको बुझिएको छ ।
FACEBOOK COMMENTS