काठमाडौं, चैत ६- नेपाल उद्योग वाणिज्य महासंघको स्थायी समितिको बिहीबार बसेको बैठकले साधारणसभा जेठ ७ र ८ गते गर्ने निर्णय गरेको छ ।
बिहीबार महासंघको अध्यक्ष भवानी राणा संयोजकत्वमा उपस्थिति पदाधिकारीहरुको सहमतिमा साधारणसभाको मिति सार्ने निर्णय भएको हो ।
सरकारले कोरोना भाइरस ९कोभिड (१९० नियन्त्रणका लागि कडाई गरेसँगै चैत २८ र २९ गते हुने भनिएको साधारणसभाको मिति महासंघले सारेको हो । सरकारले यसअघि २५ जनाभन्दा बढी मानिसहरु समूहमा भेला नहुन, सभा सम्मेलन नगर्नका लागि निर्देशन दिइसकेको छ ।
FACEBOOK COMMENTS