काठमाडौं, मंसिर १६ – नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुरुप आज कोषाध्यक्ष पदको निर्वाचन भएसंगै महासंघको पदाधिकारी समितिले पूर्णता पाएको छ ।
महासंघको विधान अनुसार निर्वाचित कार्यकारिणी समिति सदस्यहरु डि.बी.बस्नेत र सुकुन्तलाल हिराचन २ जनाले कोषाध्यक्ष्ँ पदको लागि उम्मेद्वारी दिनुभएको थियो । कार्यकारिणी समितिका सदस्यहरुको मतदानको मत परिणाम अनुसार सुकुन्तलाल हिराचन कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचित भएसंगै कोषाध्यक्ष्ँ हिराचनले पद तथा गोपनीयताको सफथ ग्रहण गर्नुभयो ।
FACEBOOK COMMENTS