काठमाडौं, मंसिर १३ – हालसम्म जिल्ला तर्फ १०५ मा ५० मत सकिएको छ । जसमा केन्द्रीय सदस्यमा प्रधान प्यानलका धेरै रहेका छन् । पछिल्लो परिणाम अनुसार २ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह १२ मत सहित बिजयी भएका छन् । शाहका निकटतम प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले कुनै मत पनि प्राप्त गरेनन् ।
यसै गरी गण्डकी प्रदेशबाट बाबुरम गिरी ९ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत प्राप्त गरेका छन् । यसैगरी लुम्बिनी प्रदेशबाट जसमेर मियाँले १० मत ल्याई बिजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत प्राप्त गरेका छन् ।
यसै गरी कर्णाली प्रदेश बाट लालिमान बुढाले ७ मत प्राप्त गरेका छन् भने उनका निकटम् प्रतिस्पर्धी प्रकास अधिकारीले ३ मत प्राप्त गरेका छन् ।
सुदुरपश्चिमबाट पुष्पराज कमरले ८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत मात्र प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS