काठमाडौं, मंसिर १३ – नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको परिणाम आउन थालेको थियो । पछिल्लो परिणाम अनुसार २ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह १२ मत सहित बिजयी हुनु भएको छ । शाहका निकटतम प्रतिद्वन्द्वी विनोदप्रसाद शाह कुनै मत पनि प्राप्त गर्नुभएन ।
यसै गरी गण्डकी प्रदेशबाट बाबुरम गिरी ९ मत सहित बिजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत प्राप्त गर्नुभयो । यसै गरी लुम्बिनी प्रदेशबाट जसमेर मियाँले १० मत ल्याई बिजयी हुनु भयो भने उहाँका प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत प्राप्त गर्नुभयो ।
यसै गरी कर्णाली प्रदेश बाट लालिमान बुढाले ७ मत प्राप्त गर्नुभयो भनेउनका निकटम् प्रतिस्पर्धी प्रकास अधिकारीले ३ मत प्राप्त गर्नुभयो । सुदुरपश्चिमबाट पुष्पराज कमरले ८ मत प्राप्त गर्नुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत मात्र प्राप्त गर्नुभयो ।
FACEBOOK COMMENTS