काठमाडौं, १३ मंसिर – नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत सदस्यतर्फ सदस्यमा मिस्रित परिणाम आएको छ । १४ कार्यकारी सदस्यमा ७ जना चन्द्रप्रसाद ढकाल प्यालबाट ७ जना किशोरकुमार प्रधान प्यालबाट र निर्वाचित भएका छन् ।
विजयी हुने सदस्यहरुमा नरेश लाल श्रेष्ठ ७२ मत, सुमित कुमार केडिया ६६ मत, आकाश अधिकारी ४९ मत, प्रकाश सिंह कार्की ५७ मत, भक्त बहादुर हमाल ६२ मत, सुबोध कुमार गुप्ता ५५ मत, हेमराज ढकाल ५५ मत, अरनिको राजभण्डारी ६४ मत, गोबिन्द ढुंगेल ५० मत, मनिष लाल प्रधान ६० मत, मीनमान श्रेष्ठ ६७ मत, विष्णु प्रसाद गैरे ५१ मत, सन्दिप कुमार अग्रवाल ५१ मत र सुकुन्तलाल हिराचन ५५ रहेका छन् ।
निर्वाचित हुने मध्ये आकाश अधिकारी,नरेश लाल श्रेष्ठ, प्रकाश सिंह कार्की, भक्त बहादुर हमाल, सुबोध कुमार गुप्ता, सुमित कुमार केडिया र हेमराज ढकाल चन्द्र ढकाल प्यानलका हुन् भने अरनिको राजभण्डारी, गोबिन्द ढुंगेल, मनिष लाल प्रधान ,मीनमान श्रेष्ठ,विष्णु प्रसाद गैरे, शिव प्रसाद घिमिरे,सन्दिप कुमार अग्रवाल र सुकुन्तलाल हिराचन किशोर प्रधान प्यानलका हुन । बस्तुगत तर्फ वरिष्ठ उपाध्यक्षमा २० प्रतिशत योगदान रहेकाे छ । उपाध्यक्षको लागि भने छुट्टै मतगणना हुँदैछ । उपाध्यक्षमा ढकाल प्यालबाट उमेशलाल श्रेष्ठ र प्रधान प्यालबाट अन्जन श्रेष्ठ रहेका छन् ।
FACEBOOK COMMENTS