काठमाण्डौं ०२ आश्विन ( नेपाल उद्योग वाणिज्य महासंघलाई ठुला व्यापारीको कब्जामा पार्न चलखेल शुरु भएको छ । महासंघको नेतृत्व कदापी पनि साना ब्यापारीहरुको हातमा पुग्नु हुँदैन भन्ने सोच बोकेका कथित ठुला ब्यापारीहरुले यस प्रकारको चलखेल शुरु गरेको चर्चा आम व्यापारीहरुले गर्न थालेका छन् ।
यद्यपी कतिपय ठुला ब्यापारीहरुले पनि जिल्ला तहबाट माथि उठेका ब्यापारीहरुलाई पनि नेतृत्व हाक्ने मौका दिनुपर्छ भन्ने मान्यता राख्दै आएको भने बुझिएको छ । तथापी महासंघमा पूर्व अध्यक्ष चण्डीराज ढकालले देखाउदै आएको सकृयता र उनको बढ्दो प्रभावबाट केही पूर्व अध्यक्षहरु तिल्मिलाउदै आएका छन् ।
स्मरण रहोस ढकाल सार्क चेम्बरका उपाध्यक्ष पनि हुन । पूर्व अध्यक्ष मध्येमा महासंघमा राम्रो पकड कायम राख्दै आएका ढकालको प्रभावलाई निस्तेज पार्न सके सार्क चेम्बरमा आफै जान सक्ने कतिपयको जोडघटाउ छ । त्यसो हुन नसके पनि अहिले चलखेल गर्ने हो भने आफ्नो परिवारका सदस्य र आफु निकटका ब्यापारीलाई महासंघमा लान सकिन्छ कि भनेर दाउ छोप्ने तयारीमा उनीहरु रहेको सजिलै बुझ्न सकिन्छ ।
त्यसैले अहिले महासंघको विधान संशोधनको मुद्धा उठिरहेका बेला केहि पूर्व अध्यक्षहरुले हालका वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बन्न रोक्न नहुने र बरिष्ठ सदस्यको प्रावधान पनि राख्न नहुने राय पेश गरेका छन् । यस्ता सुझावले प्रतिनिधिहरुमा निहित अधिकारलाई कुण्ठित गर्छ भन्ने हेक्का पूर्व अध्यक्षहरुले राख्न नसकेको गुनासो ब्यापक रुपमा उठन थालेको छ ।
र त्यही सुझावलाई आधार बनाई मिडियाबाजी गर्दै आफ्नो दुनो सोझ्याउने दाउमा हालका वरिष्ठ उपाध्यक्ष लागेका छन् । मुखैमा आईसकेको महासंघ अध्यक्षको पद फुत्किन नदिन उनले निकै कसरत गर्दै आएको प्रस्ट देखिन्छ । केही पूर्व अध्यक्षहरुलाई पनि उनले प्रभावमा पारेको पछिल्लो घटनाले पुस्टि गर्छ । कतै महासंघको नेतृत्व सधैं ठुला ब्यापारीहरुको हातमा नै सुम्पनुपर्ने होइन रु हामीले महासंघमा रहेर आफ्नो क्षमता कहिले देखाउन पाउने रु जस्ता कुरा बिशेष गरि जिल्ला तहमा बस्नेहरुले उठाउन थालेका छन् ।
यता अध्यक्षलाई चण्डीराज ढकाल विरुद्ध लगाएको र अब मलाई अध्यक्ष बन्न रोक्ने ढकालको विशिष्ट सदस्यको पद नै हटाउने भन्दै शेखर गोल्छा कुर्लिन थालेको छ । बजारमा भ्रम फैलाउन सिपालु गोल्छाले कहिले ढकालको रानिनामा कहिले अनेक कुरा रचेर भ्रम फैलाउदै आएका छन् । महासंघका अनुसार सुझावका लागि दुई हजार पत्र काटिएको थियो ।
त्यसैको जवाफ आउन थालेको छ । त्यसै मध्यको सुझावमा पूर्व अध्यक्षहरुको सुझाव पनि हो । र बरिष्ठलाई अध्यक्ष बनाउन हुन्न भन्ने राय अधिकांश पूर्व अध्यक्षहरुको रहदै आएको छ ।
राय सबैको मागिन्छ तर यसको छीनो फनो कात्तिक २९ गते विशेष सभाले नै गर्नेछ । तर पूर्व अध्यक्ष ढकाल विरुद्ध एकजुट बनाएको भन्दै गोल्छा अब मलाई अध्यक्ष बन्न कसैले रोक्न नसक्ने कठी देखाउदै दिन भरि कसैको फोन नउठाउने र रात भरि शुरा र सुन्दरीसंग बिताउन थालेको छन् ।
उनको यस्तो हर्कतले पुर्व अध्यक्षहरु पनि ट्वाल्ल परेका छन् । गोल्छाको यस्तो हर्कतले महासंघमा उनको अवस्था झनै बिग्रदै गएको छ । गोल्छा संग वाक्क दिक्क भएका सदस्यहरु कात्तिक २९ गते भोलि नै आईदिए हुन्थ्योे भन्न थालेका छन् ।
माडवारीको छोरा भएर जाड रक्सी खाने नेपाली मात्र हैन विदेशि केटि समेत बोकेर हिड्न थाले पछी गोल्छा कै प्रभुत्वमा रहेका एसोसियट सदस्यहरु र आफ्नै दाजु भाईले समेत साथ छाड्ने देखिन्छ ।
एक जिल्ला अध्यक्ष संघको भविष्य माथी महासंघको पूर्व अध्यक्षहरुको यस्तो हर्कत देखेर दंग परेका छन् । उनीहरुका अनुसार पर्यो भने बोल्ने कोहि अउदैनन् । अनि दिनरात खटिने चण्डीको रिस गरेर मात्र हुन्छ । यस्तै यस्तै प्रश्नको उत्तर खोज्न कात्तिक २९ गतेको भेलाले अझ गहिरो रुप लिने देखिएको छ ।
FACEBOOK COMMENTS