काठमाडौं, माघ १० – महिन्द्रा एन्ड महिन्द्राको एसयूभी – एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ ।
विश्वव्यापी सम्मानसहित एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी साधनहरूमध्ये सर्वाधिक अंक प्राप्त गर्ने पहिलो सवारी साधन बनेको कम्पनीले बताएको छ ।
एक्सयूभी ३०० बालबालिकाहरूको सुरक्षामा पनि फोर स्टार रेटिङ पाउने पहिलो भारतीय सवारी साधन उल्लेखनीय बनेको छ । फाइभ स्टार रेडिङका लागि छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शन पूर्वशर्तमध्ये एक हो र छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शनमा सबै फाइभ स्टार रेटिङ पाएको छ ।
ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ एक्सयूभी ३०० नेपालभरि रहेका अग्नि इन्कर्पोरेटेडका डिलर सञ्जालमा उपलब्ध छन् ।
महिन्द्रा एक्सयूभी ३०० मा ७ वटा एयरब्याग, सबै चार वटै पाङ्ग्रामा डिस्क बे्रक, फ्रन्ट पार्किङ सेन्सर र हिटेड ओआरभीएमहरुसहितका ‘फस्र्ट–इन–सेगमेन्ट’का थुप्रै विशेषताहरुले यसलाई अतुलनीय बनाएको छ ।
FACEBOOK COMMENTS