काठमाडौं, माघ ९- महिला उद्यमी एवम् समाजसेवी जानकी प्रधान श्रेष्ठ लायंस क्लब दिल्ली वेजको महिला प्रतिष्ठा पुरस्कार २०२१ बाट सम्मानित भएकी छिन् । लायंस क्लब दिल्ली वेजले श्रेष्ठको संघर्ष र उपलब्धि पहिचान गर्दै महिला सशक्तिकरणका लागि योगदान पुर्याए बापत उनलाई सम्मान गरेको हो । १८ जनवरीमा दिल्लीकाे हंसराज कलेज सभाहलमा आयोजित कार्यक्रम माझबाट उनले पुरस्कार ग्रहण गरेकी छिन् ।
भारतका लागि इक्वेडरका राजदुत हेक्टर कुएवा जैकोमको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा कोमोरोस यूनियनका काउंसिल जनरल के एल गंजू , घानाकाे ट्रेड काउंसिलका अर्नेस्ट नाना एजजेई, रूसी दूतावासका शिक्षा परिषदका आर्टिम, अभिनेता आशिम खेतरपाल, अभिनेता एवं एंकर अभिनव चतुर्वेदी र नेपालबाट समाजसेवी शैलेष प्रताप शाह लगायतकाे उपस्थिति थियाे ।
जानकी प्रधान श्रेष्ठलाई नेपाल महिला चेम्बरकी केन्द्रिय अध्यक्ष उर्मिला श्रेष्ठ, कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाह , कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाह , समाजसेवी शैलेष प्रताप शाहलगायतले शुभकामना तथा बधाई दिएका छन् ।
को हुन जानकी प्रधान श्रेष्ठ?
जानकी प्रधान श्रेष्ठ महिला अभियन्ताका रुपमा चिरपरिचित छिन् । पेशाले महिला उद्यमी र समाजसेवी हुन । कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिकाकाे बहादरगंजकी स्थायि बासिन्दा श्रेष्ठ हाल काठमाडौंमा रहेर महिला उद्यमशिलता र सामाजिक अभियानमा सकृयतापुर्वक लागि पर्दै आएकी छिन् । लिडिङ वुमेन एसनेसिएसन नेपालकी चेयरमेन समेत रहेकी श्रेष्ठ नेपाल महिला चेम्बर केन्द्रिय कार्य समिती सदस्य साथै ट्रेड कमिटी सभापति पनि हुन ।
FACEBOOK COMMENTS