हाल के मा व्यस्त हुनुहुुन्छ ?
उद्योेगी व्यवसायी भएपछि आफ्नै उद्योग व्यवसायमा व्यस्त छु । बिशेष गरी कोभिडले ५, ६ महिना लकडाउन नै भयो अहिले भने व्यवसाय शुरू गर्न पाएका छौं । अहिले भने योजना बनाएर कसरी अगाडि बढन सकिन्छ भन्ने सोचमा छु ।
कोेभिड–१९ को सन्दर्भ उल्लेख गर्नुभयो, वास्तव महिला उद्यमशिलताको क्षेत्रमा यसले उब्जाएका समस्याहरु कस्ता छन् ?
कोभिड १९ले गर्दा विश्वको पुरै अर्थतन्त्रलार्ई नै नकारात्मक असर पार्याे । यसबाट नेपाल पनि अछुतो रहन सकेन । हाम्रो मुलुकमा ५० प्रतिशत उद्यमीहरु अनौपचारिक अर्थतन्त्रमै आश्रित भएको कारणले गर्दा खेरी र बढि जसो महिला उद्यमीहरु अनौपचारीक उद्योेग व्यवसायमा संलग्न भएको कारणले लाभ हासिल गर्ने बाटो नै अवरुद्ध छ । त्यसमाथि पनि पुरै लकडाउन हुनाले बैँकबाट लोन लिएर व्यवसाय संचालन गर्दा बैँकको व्याज तिर्न गाह्रो भयो भने अर्को तर्फ आफ्नो कर्मचारीलाई तलब दिने, बैंकको ईन्स्टल्मेन्ट तिर्दै जाँदा महिला उद्यमीहरु धेरै नै अप्ठ्यारोमा पर्नुभएको छ ।
निजी क्षेत्रलाई लक्षित गरेर नेपाल सरकारले ल्याएको स्टुमुलस प्याकेजलाई कसरी लिनु भएको छ ?
खास गरी हाम्रो जस्तो नेपाल चेम्बर अफ कमर्स र निजी क्षेत्रबाट पनि सरकारलाई स्टुमुलस प्याकेज ल्याउन दबाब दिदै सुझाव पेश गर्ने कार्य गरियो । उक्त पहलका माझ नेपाल सरकारले पनि स्टुमुलस प्याकेज ल्यायो । जस्तै अरु देशमा चाहि जिडिपीको १५ प्रतिशत राहतको प्याकेजको व्यवस्था गरेको पाईन्छ । त्यस्तै गरेर नेपालले पनि आफ्नो इकोनोमी हेरर सरकारले ५० बिलियनको ५ प्रतिशत व्याजमा चााहि एउटा इस्टुमुलस प्याकेज ल्यायो । लास्ट बजेट साथै मौद्रिक नीतिबाट राहतको प्याकेज ल्याउने काम भएको छ । राष्ट्र« बैंकले ल्याएको मौद्रिक नीतिबाट अति प्रभावित, कम प्रभाबित र प्रभावित क्षेत्रलाई संबोधन गर्ने प्रयास भएको पाइन्छ, यद्यपी हामीले सोचे अनुरुप र माग गरे बमोजिम सरकारले निजी क्षेत्रलाई उत्साहित तुल्याउने गरि स्टुमुलस प्याकेज पस्कन भने सकेन ।
नेपालमा समग्रमा महिला उद्यमीहरुको अवस्था कस्तो छ ?
नेपालमा महिला उद्यमीहरु धेरै मिहेनती हनुहुन्छ, राम्रा राम्रा सामाग्रीहरु बनाउनु हुन्छ । अन्तर्राष्ट्रि«य बजारसम्म पुग्ने खालका पनि छन तर बजारिकरणमा समस्या छ । उहाँहरुले आपm्नै सामाग्री चिनिरहनु भएको छैन । आफ्नो उत्पादनको बजार माग कस्तो छ भन्नेमा उहाँहरु आफै अनविज्ञ हुनुहुन्छ । मार्केटिङ कसरी गर्ने, कस्तो किसिमको प्याकेज गर्ने, कसरी ब्राण्डिङ गर्ने भन्नेमा रनभुल्लमा हुनुहुन्छ । अन्तराष्ट्रि«य स्तरमा कसरी पुर्र्याउने भन्ने सोच लिएर बढनु भाको छ जस्तो लाग्दैन् । हामी महिला चेम्बरमा लागेका महिला उद्यमीहरुले त्यस किसिमको खाडललार्ई पुर्नुपर्छ जस्तो लाग्छ ।
देशको सामाजिक परिवेशलाई महिला उद्यमशिलतासँग जोडेर हेर्दा हालको स्थिति कस्तो रहेको छ ?
काठमाडौमा हुर्केकै भएतापनि र जन्ममघर बिराटनगर भए पनि उद्योगी घरानामा बिवाह भएकाले मेरो हकमा चाहि केहि सहजता महशुश गरेको छु । यद्यपी, समग्रमा हर्नुपर्दा महिलाहरुलाई उद्यम गन चाहिँ त्यति सहज होला जस्तो मलाई लाग्दैन । यहाँ, महिलाले गर्न सक्छन् र ?, पुरुषले नै गर्नुपर्छ, महिलाको हातमा पर्याे भने डुबाइदिन्छन् भन्ने सोच हावी छ । हाम्रो समाजमा अर्को कुरा चाँँहि सानो पुँजीबाट सुरु गर्दा पारिवारिक सपोर्ट पनि मिलिराखेको हुन्न । व्यवसाय सुरुवातीका क्रममा ५—६ लाख परिवारसँग माग्नुपर्ने, सोचे अनुसार काम नहँुदा घरपरिवारले डुबायो भन्ने जस्तो कुराहरु आउने गर्छ । हाम्रो देशमा महिला र पुरुषलाई गर्ने व्यवहारमा नै विभेद हुने गर्छ । खासमा महिलाहरुलाई घरैबाट प्रोत्साहन गर्नुपर्छ । परिवारबाट सर्पोट भयो भने मात्र समाजले सपोर्ट गर्छ अनि बल्ल राज्यले सर्पोट गर्छ ।
कोभिड –१९ का कारण महिला उद्यमीहरुमा व्यापक रुपमा मनोसामाजिक समस्या देखिएको छ भन्ने आवाजलाई यहाँहरुले बुलन्द पार्दै आउनुभएको थियो नि, होईन ?
हो, हामीले यस सवालमा आवाज उठाएको साचो हो । देशभर छरिएर रहनु भएका महिला उद्यमी साथीहरुको भनाईसँगै अवस्था समेत बुझदा स्थिती प्रतिकुल रहेको पायौं हामीले । यस संबन्धमा थुपै्र गुनासोहरु पनि सुन्यौं । कुरा के हो भन्दा, पुरुषले बाहिरको काम हेरे मात्र पुग्ने तर महिलाले समग्र हेर्नुपर्ने, परिवारको सबै व्यवस्थापन मिलाएर व्यवसाय गर्नुपर्ने, त्यसमाथि पनि कामदारको समस्या, बैँककोे ब्याज तिर्नै पर्ने बाध्यता, बैकले लकडाउन गरेन किस्ता पनि तिर्नैै पर्यो, क्यापिटलको कमि भयो, यस कारण कतिपयकोे व्यवसाय नै बन्द हुने स्थितिमा पुग्यो । यसले गर्दा मानसिक पीडा थपियो । कतिपय त डिप्रेसननको सिकार हुनपुग्नु भो । केहि घटनाहरु सतहमा पनि आए ।
नेपाल महिला चेम्बरको पृष्ठभुमि बारे केहि बताइदिनुस न् ?
नेपाल महिला चेम्बर चाहि नेपाल चेम्बर अफ कमर्स कै संगठन हो । यसको स्थापना भएको २ बर्ष भयो । स्थापना पश्चात हामीले संगठन बिस्तारसँगै महिला उद्यमशिलता विकासलाई टेवा पुग्ने गरि अभिमुखिकरण कार्यक्रमहरु माथि जोड दिदै सोहि अनुरुपका कार्यक्रमहरु संचालनमा ल्यायौं । कोरोनाले गर्दा केहि समय सोचे अनुसार काम नभएपनि सकृय हिसाबले काम गरेका छौं । हाम्रो केन्द्रमा महिला उद्यमी दिदी बहिनीहरु मध्ये १५० जनाको मेम्बरसिप छ र विभिन्न प्रदेश, जिल्ला र नगर स्तरिय शाखा बिस्तार भैसकेको छ भने शाखा बिस्तार गर्ने क्रम अघि बढि रहेको पनि छ । महिला उद्यमीेहरुको हकहितलाई केन्द्रमा राखेर सामुहिक पहल जारी राख्दै आएका छौं । प्र्रोडक्ट मात्र बनाएर भएन त्यसलाई कसरी मार्केटिङ गर्ने, कसरी ब्राण्डिङ गर्ने, कसरी अन्तर्राष्ट्रिय स्तरसम्म लैैजाने, कसरी बजारीकरणा गर्ने भन्नेमा महिला चेम्बरले सहजीकरण गर्दै आएको छ । महिला उद्यमीको क्षमता अभिवृद्धि गर्ने तथा व्यवसाय प्रबद्र्धन गर्ने काममा उस्तै सकृयता बढाउदै लगेका छौं । यसबाट ब्रिजको हिसाबले सहायता गर्न सक्छौ भन्ने हाम्रो मनसाय छ । हामी यस्तै किसिमले अगाडि बढिरहेको छौैं ।
यस माझमा महिला चेम्बरले कस्ता किसिमका कार्यक्रम गर्दै आएको छ भन्ने विषयमा पनि संक्षेपमा केहि प्रकाश पारिदिनु हुन्छ कि ?
हामीले समस्याको पहिचान गरि अघि बढ्ने क्रममा थुप्रै कार्यक्रमहरु गरेका छौं । जस्तो कि, एउटा बैंकमा एप्रोच गर्दा खेरी चाहि धेरैै समस्या छ । बिना धितो लोन चाहि १५ लाख देखि ५ करोडसम्म नि पाइन्छ । तर त्यसलाई कसरी अप्रोच गर्ने, डकुमेन्टेसन कसरी गर्ने, कसरी बैंकसम्म पुगेर लोन लिने, सहुलियत कसरी लिने भन्ने कम्युनिकेसन ग्याप छ । त्यसमा विभिन्न कमर्सियल बैंकहरुसँग सहकार्र्य गरेर बैकको क्षेत्रमा, करको क्षेत्रमा वोर्कसप दिदै गइरहेका छौैँ । केन्द्र देखी जिल्लास्तरमा पनि महिला उद्यमी लक्षित यस्ता कार्यक्रमहरु हुँदै आएका छन् । महिला दिदिबहिनीले मह, तितौरा, अचार, कसैैले हेण्डिक्राफ्ट जस्ता प्रडक्टहरु उत्पादन गर्दै आउनु भएको छ, उहाँहरु एकदम क्रियटिभ हुनुहुन्छ । हामीले चाहि उहाँहरुको उत्पादनलाई बजारिकरण गर्न सघाउ पुगोस् भनेर अनलाइन प्लाटफम पनि खोज्नुपर्छ भनेर सोचेको डटकमबाट बिक्री प्रबन्धन गर्न संझौता गरि सहजीकरण गरेका छौं । यसरी प्रडक्ट प्रमोट गर्र्न सक्ने आधार हामीले खडा गरेका छौं । यस बाहेक पनि ४ वटा मेला, स्वास्थ्य सचेतनामुलक कार्यक्रम लगायतका प्रबद्र्धनात्मक कार्यक्रम यस बीचमा भएका छन् ।
राज्यले चाहिँ महिला उद्यमीहरुलाई कसरी सबोधन गरे हुन्थ्यो भन्ने लाग्छ ?
सरकारले राहतका प्याकेज चाहि ल्याउनु भएको छ, तर हाम्रो क्षेत्रमा चाँँहि राम्रोसँग व्यवस्थापन नभएर हामी यसबाट बन्चित भएका छांै । तसर्थ पनि इनफर्मल इकोनेमीबाट हामी धेरै महिला उद्यमीहरु फर्मल इकोनमी तिर लाग्नुपर्छ भन्ने लाग्छ । अर्को तर्फ हेर्ने हो भने सरकारले ल्याएको राहतको कार्यान्वयन पक्ष चाँहि फितलो देखिन्छ । हामी नयाँ ट्र«ेनिङ्ग प्याकेज सहित क्षमता बिस्तारको लक्ष्य लिएर अगाडि बढनुपर्छ । सरोकारवालाहरुले पनि महिला उद्यमशिलता विकासका नविनतम कार्यक्रमहरु पस्कदै सशक्तिकरणका लागि पहल गर्नुपर्छ ।
उद्यमीहरुशिलता विकासका लागि महिला उद्यमीहरु आफैले चाहिँ कस्ता विषयमा ध्यान दिन जरुरी छ ?
महिला उद्यमशिलतालाई अगाडि बढाउन सर्वप्रथम त महिला दिदी बहिनीहरु शिक्षित हुुनुपर्छ । सँगसँगै अर्को तर्फ आपसी युनिटि हुनुपर्छ । प्र्रोडक्टलाई चिनाउने हिसाबले ब्रान्डिङ्ग गर्न प्रडक्ट स्टोरि बनाउने जस्ता सिर्जनशिल र उपभोक्ता मैत्री कार्य र प्याकेजिङ्ग राम्रोसँग गर्ने विषयलाई जोड दिदै आवश्यक कार्यक्रमहरु गर्न जरुरी देखिन्छ । यसको मतलब मुख्यतः हामीले आफ्नो प्रतिस्पर्धात्मक क्षमतालाई मुखरित गर्न नै आवश्यक छ ।
यहाँको पारिवारिक पृृष्ठभुुमि त राजनीतिसँग पनि जोडिएको छ, अझ भनौं स्वं नेता भरतमोेहन
अधिकारीको सुपुत्री समेत हुनुहुन्छ, हालको आन्तरिक राजनितिलाई चाहि कसरी हेर्नुभएको छ र यस घडिमा पिताजीलाई कसरी स्मरण गर्नुहुन्छ ?
विगतका अग्रज नेताहरुमा सहकार्यको भावना थियो र कुण्ठा कत्ति थिएन, न त अलि कति पनि इगो नै । उहाँहरुले जहिल्यै जनतालाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो । ईमान्दारिता थियो उहाँहरुमा । अहिले राजनीतिमा चाँँहि इगो बढि देखिन्छ । पिताजी सरल व्यक्ति हुनुहुुन्थ्यो । पार्टि भित्र होस या बाहिर समन्वयकारी भुमिका राख्नु हुन्थ्यो । मिलाउने तिर चाँहि जोड दिनुुहुुन्थ्योे । उहाँ जस्तो नेता गुुमाउँदा अभाव खडकिएको जस्तो लाग्छ । अभिभावक भएर भुमिका निर्र्वाह गर्नुहुन्थ्यो । अहिलेकोे समयमा उहाँ जस्तो नेतााको खाँचो छ जस्तो लाग्छ । भरतमोहन ‘व्यक्ति एक, व्यक्तित्व अनेक’ भएको मानिस हुनुहुन्थ्यो । आर्थिक सामाजिक क्षेत्र, जेष्ठ नागरिक लगायतका क्षेत्रमा रुची थियो उहाँको । हामीले उहाँको सपनालाई पुरा गर्न लागिरहेका छौं । नेताहरु पनि मिलेर अगाडि बढनुमा नै बुद्धिमानी हुने मेरो ठम्याई हो ।
FACEBOOK COMMENTS